राज शाही मंगलबार, बैशाख १२, २०८० मा प्रकाशित

१० दिने आधारभुत तालिम सुरु भएको छ । हुम्ला जिल्लाको सिमकोट गाउँपालिकामा कार्यरत महिला स्वयम सेविकाहरुका लागी १० दिने तालिम सदरमुकाम सिमकोटमा सुरु भएको सिमकोट गाउँपालिका नरसिङ स्टाप मनमाया वली शाहीले बताएकी छन् ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयको आर्थिक सहयोग संगै आयोजना र सिमकोट गाउँपालिकाको समन्वयमा उक्त तालिम संचालन भएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । स्वयम सेवा मार्फत समुदायमा स्वास्थ्य सम्बन्धि प्रवधानात्मक तथा प्रतिकारात्मक कृयाकलापहरु सन्चालन गर्न छनौट गरिएका महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुको स्वास्थ्य सम्बन्धि ज्ञान तथा सिप अभिवृद्धि गर्ने उक्त तालिमको लक्ष्य रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताएका छन् ।

महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका रणनितिमा उल्लेख गरिए अनुसार महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाले गर्नु पर्ने भुमिकाहरु प्रभावकारी ढंगले गर्न सक्ने गरि उनिहरुको सिप क्षमता विकास गर्ने, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरु मार्फत स्वास्थ्य क्षेत्रमा कार्य गर्ने उद्देश्य तालिमको रहेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताएका छन् ।

समय र परिवेश अनुसार नयाँ विषय बस्तुहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुको क्षमता विकास गर्ने लगाएतका लक्ष्य उद्देश्य रहेको उक्त तालिम हुम्ला जिल्लाको जिल्ला सदरमुकाम सिमकोटको मानसरोवर होटलमा मंगलबारबाट १० दिन सम्म विहान १० वजे देखि वेलुका ५ वजे सम्म संचालन हुने भएको सिमकोट गाउँपालिका नर्सिङ स्टाप मनमाया वली शाहीले बताएकी छन् ।

तालिममा सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मका सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाको उपस्थित रहेको तालिमलाई औपचारिकरुपमा एक कार्यक्रमको आयोजना गरि मंगलबार विहानबाट सुरु गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९