राज शाही शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित

९० दिने ढाँका बुनाइ तालिम सम्पन्न भएको छ । माघबाट संचालन भएको उक्त तालिम आज एक कार्यक्रमका बीच समापन गरिएको हो । घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा संचालित ३ महिने तालिममा जिल्लाका सात वटै गाउँपालिका महिलाहरुको सहभागिता रहेको थियो । २० जनाको सहभागिता रहेको तालिमलाइ प्रशिक्षक सुर्खेतबाट झीकाइ हुम्लामा ढाँका बुनाइ तालिम दिएको थियो ।   घरेलु यद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख अभराज रेग्मीको अध्यक्षतामा र सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको प्रमुख आतिथ्यमा संचालन भएको थियो ।

 

पत्रकार लगाएत तालिममा सहभागी भएका व्यक्तीहरुको उपस्थित रहेको समापन कार्यक्रममा व्यक्तीगत सम्पती भनेकै सिप हो,यो सिपलाई कसैले चोरेर लिन सक्दैन, सरकारी काम कहिले जाला घाम भने झै तालिमको नाउँमा सहभागिता मात्र जनाउने सिप नसिके आफुलाई नै घाटा हुने, सिकेको सिपलाई निरन्त्रता दिएमा घरको आर्थिक उपार्जन सँगै बालबालिकालाई गुणस्तरिय शिक्षा प्रर्धान गर्न सकिने, सिपबाट प्राप्त रकमबाट घर खर्च चल्नुका साथै पौष्टिक आहारा समेत खान सकिने भएकाले सिकेको सिपलाइ सदुउपयोग गर्नु पर्ने सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताएका थिए।

त्यसै गरी यो पहिलो चरणको तालिम भएको र यसमा सहभागी व्यक्तीहरुले सिपलाइ सदुउपयोगरी निरन्तरता दिएमा त्यस्ता व्यक्तीहरुलाइ यो प्रमाण पत्रको आधारमा दोश्रो चरणको तालिम सिकाइने र नेपाल सरकारले दिने अनुदानमा पनि त्यस्ता व्यक्तीलाइ पहिलो प्राथामिकतामा राखिने, सिकेको सिपको सदुउपयोग गरि हुम्ला बासीले स्थानिय स्तरमा उत्पादन भएको ढाँका प्रयोग गर्न पाउने आशा राखेको घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख अभयराज रेग्मीले  वताएका थिए ।

आफुले यही सिपबाट हवाइ जहाजमा पहिलो पटक सवार गर्न पाएको, राम्रो सिप सिकी सदुउपयोग गर्न सकेको खण्डमा देश तथा विदेशमा भ्रण गरी अनुभव संगाल्न पाइने, सिकेको सिपलाई सदुउपयोग भएको खण्डमा आर्थिक उपार्जन भइ व्यक्तीको आर्थिक अवस्थामा पनि सुधार आउने प्रशिक्षक पुष्पा रेग्मीले बताएकी थिइन ।

समापन कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा रहेको लामा सास्कृतिक मन्चमा संचालन भएको थियो ।  सभागीलाई सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी र घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुखले प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९