राज शाही शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित

हुम्लाको  अदानचुली गाउँपालिकाकामा स्थापना भएको श्रीनगर स्वास्थ्य चौकी व्यवस्थापन समित पुनर गठन गरिएको छ  । वडा अध्यक्ष डिलबहादुर फडेरा अध्यक्ष, उपाध्यक्षमा वडा सदस्य किडि भण्डारी फडेरा, स्वास्थ्य संस्था रहेको क्षेत्रको विद्यालयको प्रमुख १ जनामा छत्रपाल आधारभुत विद्यालयकी शिक्षिका मन्जु फडेरालाई मनोनित गरेको छ ।

त्यसै गरी अन्य सदस्यहरुमा वडा सचिव सन्जा कुमारी थापा, बजार व्यवसायीबाट बुद्धी महतारा, संरक्षकबाट मनोनित स्थानिय लब्ध प्रतिष्ठित स्वास्थ्य क्षेत्रको जानकार सदस्यमा निर्मला बुढा र सदस्य सचिवमा स्वास्थ्य चौकी इन्चार्ज रामशरण थापालाई राखिएको स्वास्थ्य चौकीले जनाएको छ ।

स्थानिय स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन निर्देशिका अनुसार समितिको संरक्षकमा गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिह रहने गरी स्वास्थ्य संस्था रहेको सम्बन्धीत वडाको वडा अध्यक्ष समितिको अध्यक्ष रहने व्यवस्था अनुसार नयाँ स्वास्थ्य व्यवस्थापन समिति गठन गरिएको सोही गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले बताएका छन् ।

समितिको उपाध्यक्षमा, अध्यक्षले मनोनित गरेको व्यक्ति रहने व्यवस्था निर्देशिकाले गरे बमोजिम स्वास्थ्य समिति गठन गरिएको स्वास्थ्य इन्चार्ज थापाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९