राज शाही शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

अदानचुली गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । भव्यताका साथ सम्पन्न भएको कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा संचालित राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा सुर्यदय माध्यामिक विद्यालय प्रथम, कैलास माध्यामिक विद्यालय दितिय, ज्ञानुदय माध्यामिक विद्यालय तृतिय र सल्लाघारी माध्यामिक विद्यालय सान्तोना भएको हाम्रा संवाददाता राम बुढाले बताएका छन् । यस युवा कलबको आयोजनामा बैशाख ६ गतेबाट सुरु भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा ४ वटा विद्यालयले भाग लिएका थिए ।

आज एक कार्यक्रमको आयोजना गरी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न गरिएको छ । सम्पन्न कार्यक्रमको अध्यक्षता सोही गाउँपालिकाका प्रमुख प्रशासिकय अधिकृत मेघनाथ शाहीको र प्रमुख आतिथ्य सोही गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिहको र विशेष आतिथ्यमा सोही गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाही वडा नं १ देखि ६ सम्मका वडा अध्यक्षहरुको रहेको थियो । राष्ट्रका लागी खेल्कुद स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ उक् प्रतियोगिता ३ दिन सम्म संचालन भएको थियो ।

क्रमस प्रथम दितिय तृतिय र सान्तोना हुने विद्यालयका खेलाडीलाइ सिल्ड तथा प्रमाण पत्र मेडल दिएर समापन गरिएको थियो । जिल्लाका ७ वटै गाउँपालिकाबाट राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितमा छनौट भएका खेलाडीले अव बैशाख ११ गतेबाट सर्केगाडमा सुरु हुने जिल्ला स्तरिय राष्टपति रनिसिल्डमा भाग लिने भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९