राज शाही शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

अदानचुली गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । भव्यताका साथ सम्पन्न भएको कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा संचालित राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा सुर्यदय माध्यामिक विद्यालय प्रथम, कैलास माध्यामिक विद्यालय दितिय, ज्ञानुदय माध्यामिक विद्यालय तृतिय र सल्लाघारी माध्यामिक विद्यालय सान्तोना भएको हाम्रा संवाददाता राम बुढाले बताएका छन् । यस युवा कलबको आयोजनामा बैशाख ६ गतेबाट सुरु भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा ४ वटा विद्यालयले भाग लिएका थिए ।

आज एक कार्यक्रमको आयोजना गरी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न गरिएको छ । सम्पन्न कार्यक्रमको अध्यक्षता सोही गाउँपालिकाका प्रमुख प्रशासिकय अधिकृत मेघनाथ शाहीको र प्रमुख आतिथ्य सोही गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिहको र विशेष आतिथ्यमा सोही गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाही वडा नं १ देखि ६ सम्मका वडा अध्यक्षहरुको रहेको थियो । राष्ट्रका लागी खेल्कुद स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ उक् प्रतियोगिता ३ दिन सम्म संचालन भएको थियो ।

क्रमस प्रथम दितिय तृतिय र सान्तोना हुने विद्यालयका खेलाडीलाइ सिल्ड तथा प्रमाण पत्र मेडल दिएर समापन गरिएको थियो । जिल्लाका ७ वटै गाउँपालिकाबाट राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितमा छनौट भएका खेलाडीले अव बैशाख ११ गतेबाट सर्केगाडमा सुरु हुने जिल्ला स्तरिय राष्टपति रनिसिल्डमा भाग लिने भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९