राज शाही शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित

वडा पालिकाको विनियोजित बजेटबाट दलित बालबालिका, एकल महिलाका बालबालिका र असाय बालबालिकालाइ आर्थिक सहयोग गरिएको छ । उक्त सहयोग हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ मा गरिएको हो ।

गत वर्ष बैशाख ३० गते भएको स्थानिय तहमा निर्वाचित भए सँगै खार्पुनाथ गाउँपालिका वडा नं ४ की वडा अध्यक्ष रंगमति शाहीले जेहेन्दार दलित विद्यार्थी, एकल महिलाका बालबालिका, असाय बालबालिकालाई वडा पालिकाले पठन पाठनका लागी सक्दो सहयोग गर्ने बाचा गरे बमोजिम वडा पालिकाले कार्ययोजना तयारी गरी आर्थिक सहयोग गरेको हो । आर्थिक सहयोग पाउनेमा जेहेन्दार दलित बालबालिका ९ जना, एकल महिलाका बालबालिका १३ जना र असाय बालिका ८ जनालाई प्रति बालक १० हजारका दरले वडा अध्यक्ष रंगमति शाहीको हातबाट हस्तान्त्रण गरिएको सोही वडाका वडा सचिव लोकेन्द्रबहादुर हमालले बताएका छन् ।

त्यसै गरी आर्थिक वर्ष ०७९।८० मा खार्पुनाथ गाउँपालिका वडा नं ४ मा रहेको छिप्रा स्वास्थ्य चौकीमा गइ प्रसुती हुने २१ जना सुत्केरी महिलालाई प्रति महिला ५ हजारका दरले प्रोत्सान भत्ता उपलब्ध गराइएको सचिव हमालले बताएका छन् । खार्पुनाथ गाउँपालिकाको वडा नं ४ वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडा कार्यालयले विनियोजन गरेको रकम वडा अध्यक्षको हातबाट हस्तान्त्रण गरिएको हो । उक्त रकम प्राप्त गरेक पछि आफुहरुलाई पठन पाठन गर्न सहज भएको बालबालिकाले बताएका छन् भने हुम्ला जस्तो दुर्गम ठाउँमा सुत्केरी भए पछि पोषिलो खानेकुरा नपाउदाको पीडा केही हत सम्म कम भएको सुत्केरी महिलाले बताएको वडा सचिव हमालले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९