राज शाही बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

२८ औ बार्षिक उत्सव तथा अविभावक दिवश मनाइएको छ । विभिन्न सास्कृतिक कार्यक्रम गरी हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा रहेको छत्रपाल आधारभुत विद्यालयमा २८ औ वार्षिक उत्सव तथा अविभावक दिवश मनाइएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर विष्ठको अध्यक्षता र सोही गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया (सुधार) को प्रमुख आतिथ्यमा संचालन भएको बार्षिक उत्सव तथा अविभावक दिवशको विशेष आतिथ्यमा सोही गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीको रहेको थियो । स्थानियवासी मोहन विर रोकाया र अक फडेराको पहलमा मिति २०५२ सालमा स्थापना भएको विद्यालय हाल ८ कक्षा सम्म संचालन हुँदै आएको हाम्रा अदानचुली संवाददाता राम बुढाले बताएका छन् ।

सोही अवसरमा विद्यालय प्रथम हुने कक्षा ७ का छात्र रोसन वुढा र विद्यालय दोश्रो हुन छात्रा सोविता थापालाई प्रमुख आतिथि अध्यक्ष विशेष अतिथिले पुरुषकार समेत हस्तान्त्रण गरेका थिए । विद्यालय प्रथम हुने रोसन वुढाले ८३M१६ प्रतिसत र दोश्रो हुने सोविता थापाले ८३ प्रतिसत अङ्क प्राप्त गरेका थिए । त्यसै गरी अनुसानमा छात्रा सुमित्रा फेडेरा, छात्र तर्फ अविराज थापा उत्कृष्ट भएका छन् । सरसफाइमा छात्र सन्जिव रोकाया र छात्रामा कल्पना फडेरा उत्कृष्ट भएको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९