राज शाही बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित

दलित महिलाको आर्थिक स्तर वृद्धिका लागी तरकारी खेती सम्वन्धी तालिम दिइएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमकोट गाउँपालिका कृषि शाखाको आयोजनामा महिला आयआर्जनका लागी तरकारी खेती सम्बन्धीको तालिम दिइएको हो ।सिमकोट गाउँपालिका वडा नं ६ का महिलाको आर्थिक स्तर कमजोर भएका घर परिवारका दलित महिलाहरुलाई तरकारी खेती उत्पादन सम्बन्धी सिप सिकाइ आय आर्जनमा वृद्धि गर्नका लागी सो तालिम प्रर्दान गरिएको हो । विशेष गरी उक्त तालिममा गृन हाउसमा तरकारी खेती के कसरी गर्ने,नरसरीको व्याट कसरी बनाउने, लहरे खेती कसरी गर्ने, झोलमल कसरी बनाउने र प्याज टमटर खेती गर्ने प्रविधिका बारेमा सिकाइएको सिमकोट गाउँपालिका कृषि शाखा ना प्र स विमला सिंहले बताएकी छन् ।

२ दिन सम्म संचालन भएको तालिममा सहभागी १५ जना महिलालाई १५ वटा पाल विउ सिमकोट गाउँपालिका अध्यक्ष उपाध्यक्षले एक कार्यक्रमका बीच हस्तान्त्रण गरिएको नाप्रस सिहले बताएकी छन् ।

उक्त तालिम प्राप्त भए पछि आफुहरुलाई वेमौसमी तरकारी खेत गर्न सहज भएको, तरकारी खेतिको विरुवा उत्पादन गर्न, व्याट बनाउने विधि वेर्ना सार्ने विधि सिकेको अव आफुहरुलाई तरकारी खेती गर्न सहज भएको र बजारमा विक्रि गरी आफ्नो आर्थिक उपार्जन गर्न समेत सो तालिमले सिकाएको तालमिमा सहभागी महिलाले बताएका थिए । २ दिन सम्म मानसरोवर होटल सिमकोटमा संचालन भएको तालिम बैशाख ६ गते सुरु भई आज विहिबार सम्पन्न भएको हो ।

तालिमको प्रशिक्षकमा सिमकोट गाउँपालिका कृषि शाखा ना प्र स विमला सिह र सुन्दर रातवले गरेका थिए । सिकेको सिपलाई रोजगारीमा वदली आफ्नो घरको आर्थिक स्तर वृद्धि गरी आफ्ना बालबालिकालाई गुणस्तरिय शिक्षा दिनु हुने छ भन्ने आशा राखेको सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारीले बताएका थिए ।

त्यसै गरी संधै प्ररजिवी भइ बस्दा घरेलु हिम्साको सामाना गर्नु पर्ने भएकाले बेमौसमी तरकारी खेती गरी महिलाको आर्थिक उपार्जन गरी आफै आत्म निर्भर हुँदा कोही कसैबाट हिम्साको पीडामा रहनु नपर्ने र सिकायको सिपलाई सदुउपयोग गर्ने आशा गरेको सोही गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले बताएकी थिइन ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९