राज शाही मंगलबार, बैशाख ०५, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

ताँजकोट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । भव्यताका साथ सम्पन्न भएको कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं क को ताँजाकोट गाउँपालिकामा संचालित राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ५ कास्य गरी धर्मोदय माध्यामिक विद्यालय प्रथम भएको छ । ७ स्वर्ण,१३ रजत र ३ कास्य गरी चन्द्र प्रकास माध्यामिक विद्यालय दितिय भएको छ । ७ स्वर्ण ५ रजत र ९ कास्य सहित जनप्रकास माध्यामिक विद्यालय तृतिय भएको छ भने १ स्वर्ण ३ रजत र ९ कास्य पदक सहित मदनादेव माध्यामिक विद्याय सान्त्वना भएको सोही गाउँपालिकाका अध्यक्ष लालकेस जैसीले बताएका छन् ।

उक्त प्रतियोगिता बैशाख २ गतेबाट सुरु भइ आज एक कार्यक्रमका विच सम्पन्न भएको जानकारी प्राप्त भएको छ । प्रथम, दितिय, तृतिय र सान्तोना हुने विद्यालयका खेलाडीलाई सोही गाउँपालिका अध्यक्ष लालकेश जैसी उपाध्यक्ष सुरेन्द्र थापा लगाएतकाले अतिथिले पुरुष्कार प्रधान गरिएको जानकारी प्राप्त भएको छ । राष्ट्रपति रनिसिल्ड प्रतियोगिताका लागी ताँजाकोट गाउँपालिकामा रहेका ४ वटा मध्यामिक विद्यालयले भाग लिएका थिए ।

जिल्लाका ७ वटै गाउँपालिकाबाट राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितमा छनौट भएका खेलाडीले अव बैशा ११ गतेबाट सर्केगाडमा सुरु हुने जिल्ला स्तरिय राष्टपति रनिसिल्डमा भाग लिने भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९