राज शाही मंगलबार, बैशाख ०५, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

ताँजकोट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । भव्यताका साथ सम्पन्न भएको कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं क को ताँजाकोट गाउँपालिकामा संचालित राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ५ कास्य गरी धर्मोदय माध्यामिक विद्यालय प्रथम भएको छ । ७ स्वर्ण,१३ रजत र ३ कास्य गरी चन्द्र प्रकास माध्यामिक विद्यालय दितिय भएको छ । ७ स्वर्ण ५ रजत र ९ कास्य सहित जनप्रकास माध्यामिक विद्यालय तृतिय भएको छ भने १ स्वर्ण ३ रजत र ९ कास्य पदक सहित मदनादेव माध्यामिक विद्याय सान्त्वना भएको सोही गाउँपालिकाका अध्यक्ष लालकेस जैसीले बताएका छन् ।

उक्त प्रतियोगिता बैशाख २ गतेबाट सुरु भइ आज एक कार्यक्रमका विच सम्पन्न भएको जानकारी प्राप्त भएको छ । प्रथम, दितिय, तृतिय र सान्तोना हुने विद्यालयका खेलाडीलाई सोही गाउँपालिका अध्यक्ष लालकेश जैसी उपाध्यक्ष सुरेन्द्र थापा लगाएतकाले अतिथिले पुरुष्कार प्रधान गरिएको जानकारी प्राप्त भएको छ । राष्ट्रपति रनिसिल्ड प्रतियोगिताका लागी ताँजाकोट गाउँपालिकामा रहेका ४ वटा मध्यामिक विद्यालयले भाग लिएका थिए ।

जिल्लाका ७ वटै गाउँपालिकाबाट राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितमा छनौट भएका खेलाडीले अव बैशा ११ गतेबाट सर्केगाडमा सुरु हुने जिल्ला स्तरिय राष्टपति रनिसिल्डमा भाग लिने भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९