राज शाही आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित

कर्णाली प्रदेशको १० जिल्ला मध्यको हुम्ला जिल्लामा व्यक्तीगत घटनालाई प्रभावकारी ढंगले सँचालनका लागी प्रभातफेरी र्याली निकालिने भएको छ । उक्त र्याली सिमकोट गाउँपालिकाले निकाल्ने भएको हो ।
२०८० बैशाख ४ गते देखि १० गते सम्म सिमकोट गाउँपालिकाका ८ वटै वडा भरी व्यक्तिगत घटना दर्ता सप्ताह संचालन हुने हुँदा सम्पुर्ण वडाहरुमा समेत व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने बिभिन्न सेवा प्राप्तीका लागि जन्म, मृत्यु, बसाइसराई, विवाह, सम्बन्ध बिच्छेद दर्ता जस्ता व्यक्तिगत घटना दर्ता गर्न छुट्न गएका सम्पुर्ण सेवाग्राहीहरुलाई तोकिएको समयमा आफ्नो वडा कार्यालयमा अनिवार्य घटना दर्ता गर्नु गराउन हुन गाउँपालिकाका विजय भण्डारीले बताएका छन । साथै योग्यता पुगेका लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागी विवरण दर्ता गराउन वडाका लाभग्राहीहरुलाई जानकारीका लागी यो प्रभातफेरी र्याली निकाल्न लागीएको अध्यक्ष भण्डारीले बताएका छन् ।

व्यक्तिगत घटना दर्ता नियमित प्रक्रिया भएको हुदा घटना दर्ता समयमै दर्ता गर्नु पर्ने गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले बताएउनुका साथै उनले व्यक्तिगत घटनालाई व्यबस्थित गर्नको लागी कर्मचारीलाई निर्देशन समेत दिएकी थिइन । यस सप्ताहबाट व्यक्तिगत घटना दर्ता छुट्न गएका लाभग्राहीहरुलाई आफ्नो वडा कार्यालय गई सेवा लिन अनुरोध समेत उपाध्यक्ष रोकायाले गरेकी छन् ।

गाउँपालिकाको व्यक्तिको कानुनी पहिचानको स्थापना गर्न, राज्यलाई नीति निर्माण गर्न र राज्यबाट प्रवाह हुने सेवाको प्राप्तीका लागि व्यक्तिगत घटना दर्ता आवश्यक रहेकाले सो सम्बन्धी जनचेतना अभिवृद्धी गर्न व्यक्तिगत घटना दर्ता सप्ताह बैशाख ४ गते विहान साढे ८ बजे कालिन्चोक सिमकोट ५ बाट सुरु गर्न लागिएको सोही गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताएका छन् ।

सिमकोट गाउँपालिका पन्जिकरण शाखाले आयोजना गरेको बैठकमा सिमकोट गाउँपालिकाका सम्पुर्ण वडा अध्यक्षहरुले सम्पुर्ण वडा अध्यक्षहरुले अब व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षालाई व्यबस्थित गर्नु पर्नेमा जोड दिएका थिए । सोही वैठकले जिल्लामा स्तापित रेडियोहरुमा व्यक्तिगत घटनाको बारेमा सुचना प्रसारण गर्ने अन्तरवार्ता गर्ने विद्यालयहरुमा पनि व्यक्तिगत घटनाको प्रचार प्रसार गर्ने लगाएतका निर्णय गरिएको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९