राज शाही शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

२ दिने निःशुल्क मोतिविन्दु शल्यक्रिया आँखा शिविर सुरु भएको छ । उक्त शिविर हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा भएको हो । शनिवारबाट सुरु भएको निःशुल्क मोतिविन्दु शल्यक्रिया आँखा शिविरमा पहिलो दिन महिला १ सय ४३ र पुरुष १ सय २८ गरी जम्मा २ सय ७१ जनाले आँखाको उपचार गराएको हाम्रा अदानचुली संवाददाता राम बुढाले बताएका छन् । जसमा ३५ जनाको निःशुल्क मोतिविन्दुको सल्यक्रिया समेत गरीएको छ ।

नेपाल नेत्र ज्वोती संघ जर्मन, कोअप्रेसन सिवियन लगायत दातृ निकायको सहयोगमा तथा एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको आर्थिक सहयोग तथा आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोगमा तथा गाउँपालिकाको आयोजनामा संचालन भएको उक्त शिविरको पहिलो दिन अदानचुलीका स्थानिय वासी २ सय ७१ जनाको आँखा चेक जाँच तथा जटिल केसका आँखाका विरामीको अप्रेसन गरिएको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिहले बताएका छन् ।

उक्त शिविर शनिवार सुरु भइ आइतवार सम्पन्न हुने शिविर अदानचुली गाउँपालिकाको कार्यालय स्वास्थ्य चौकी श्रीनगरमा संचालन भइ रहेको छ ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९