राज शाही शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित

कर्णाली प्रदेशको १० जिल्ला मध्यको हुम्ला जिल्लामा व्यक्तीगत घटनालाइ व्यवस्थित ढंगले संचालन गर्नका लागी उत्घाटन गरिएको छ । २०८० सालको पहिलो दिनबाटै अदानचुली गाउँपालिकामा व्यक्तिगत घटना दर्ताका लागी सप्ताह सुरु गरिएको छ ।


२०८० बैशाख १ देखि ७ गते सम्म देशै भरी व्यक्तिगत घटना दर्ता सप्ताह संचालन हुने हुँदा अदानचुली गाउँपालिकाका सम्पुर्ण वडाहरुमा समेत व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने बिभिन्न सेवा प्राप्तीका लागि जन्म,मृत्यु,बसाइसराई,विवाह,सम्बन्ध बिच्छेद दर्ता जस्ता व्यक्तिगत घटना दर्ता गर्न छुट्न गएका सम्पुर्ण सेवाग्राहीहरुलाई तोकिएको समयमा आफ्नो वडा कार्यालयमा अनिवार्य घटना दर्ता गर्नु गराउन हुन गाउँपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले बताएका थिए । साथै योग्यता पुगेका लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागी विवरण दर्ता गराउन वडाका लाभग्राहीहरुलाई जानकारी गराईदिन अनुरोध समेत गरेका थिए ।

व्यक्तिगत घटना दर्ता नियमित प्रक्रिया भएको हुदा घटना दर्ता समयमै दर्ता गर्नु पर्ने गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले बताएउनुका साथै उनले व्यक्तिगत घटनालाई व्यबस्थित गर्नको लागी कर्मचारीलाई निर्देशन समेत दिएका थिए । यस सप्ताहबाट व्यक्तिगत घटना दर्ता छुट्न गएका लाभग्राहीहरुलाई आफ्नो वडा कार्यालय गई सेवा लिन अनुरोध समेत गरेका थिए ।

गाउँपालिकाको व्यक्तिको कानुनी पहिचानको स्थापना गर्न, राज्यलाई नीति निर्माण गर्न र राज्यबाट प्रवाह हुने सेवाको प्राप्तीका लागि लागि व्यक्तिगत घटना दर्ता आवश्यक रहेकाले सो सम्बन्धी जनचेतना अभिवृद्धी गर्न व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागिरहेको पञ्जिकरण शाखाले जानकारी दिएको छ ।
सम्पुर्ण वडा अध्यक्षहरुले अब व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षालाई व्यबस्थित गर्नु पर्नेमा जोड दिएका थिए । उद्घाटन कार्यक्रममा सम्पुर्ण वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, बिषयगत शाखा प्रमुख, बिभिन्न राजनितिक दलका प्रतिनिधि, लगाएतको उपस्थिति रहेको थियो ।व्यक्तिगत घटना दर्ता सप्ताह १ गते देखि ७ गते सम्म सम्पुर्ण वडामा संचालन हुने पञ्जिकरण शाखाले जानकारी दिएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९