राज शाही शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

पाठ्यक्रम प्रबोधिकरण सम्बन्धी २ दिने तालिम संचालन भएकव छ । उक्त तालिम हुम्ला खार्पुनाथ गाउँपालिकामा संचालन भएकव हो । चैत २९ गतेबाट सुरु भई चैत ३० गते सो तालिम सम्पन्न भएको खार्पुनाथ गाउँपालिका कम्प्युटर अप्रेटर गोर्खबहादुर शाहीले बताएका छन् ।

खार्पुनाथ गाउँपालिका भित्रका ४० जना आधारभुत तह देखि माध्यामिक तह सम्मका शिक्षकहरुको सहभागिता रहेको तालिममा नयाँ परिवर्तन भएको पाठ्यक्रमलाई विद्यालयमा कसरी लागु गर्ने, कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई राष्ट्रिय नितिअनुसार परिक्षा लिन नमिल्ने ति विद्यार्थीहरुको विद्यालयमा सिकाइको अवस्था बानी व्यहोरा जेहेन्दार हेरी कलास वृद्धि गर्ने पर्ने र उक्त गाउँ पालिकामा रहेका विद्यालयका विद्यार्थीको परिक्षा लिइ सकेपछि ग्रेड प्रणाली लागु गर्नका लागी ग्रेड प्रणाली सम्बन्धी सिकाइएको जानकारी प्राप्त भएको छ ।

४० जना शिक्षकको सहभागिता रहेको पाठ्यक्रम प्रवोधिकरण तालिमलाई सहजीकरण मान्धारा माध्यामिक विद्यालय भकुण्डाका प्रधानाध्यापक दिलबहादुर शाही, शंकर माध्यामिक विद्यालय थालीका प्रधानाध्यापक विर्खबहादुर छत्याल र खार्पुनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख ललिजंग शाहीले प्रशिक्षण गराएको कम्प्युटर अप्रेटर शाहीले जानकारी दिएका छन् । एक कार्यक्रमका बीच सम्पन्न गरिएको सो तालिममा सहभागी बीच नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रर्दान समेत गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९