राज शाही शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित

पाठ्यक्रम प्रबोधिकरण सम्बन्धी २ दिने तालिम संचालन भएकव छ । उक्त तालिम हुम्ला खार्पुनाथ गाउँपालिकामा संचालन भएकव हो । चैत २९ गतेबाट सुरु भई चैत ३० गते सो तालिम सम्पन्न भएको खार्पुनाथ गाउँपालिका कम्प्युटर अप्रेटर गोर्खबहादुर शाहीले बताएका छन् ।

खार्पुनाथ गाउँपालिका भित्रका ४० जना आधारभुत तह देखि माध्यामिक तह सम्मका शिक्षकहरुको सहभागिता रहेको तालिममा नयाँ परिवर्तन भएको पाठ्यक्रमलाई विद्यालयमा कसरी लागु गर्ने, कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई राष्ट्रिय नितिअनुसार परिक्षा लिन नमिल्ने ति विद्यार्थीहरुको विद्यालयमा सिकाइको अवस्था बानी व्यहोरा जेहेन्दार हेरी कलास वृद्धि गर्ने पर्ने र उक्त गाउँ पालिकामा रहेका विद्यालयका विद्यार्थीको परिक्षा लिइ सकेपछि ग्रेड प्रणाली लागु गर्नका लागी ग्रेड प्रणाली सम्बन्धी सिकाइएको जानकारी प्राप्त भएको छ ।

४० जना शिक्षकको सहभागिता रहेको पाठ्यक्रम प्रवोधिकरण तालिमलाई सहजीकरण मान्धारा माध्यामिक विद्यालय भकुण्डाका प्रधानाध्यापक दिलबहादुर शाही, शंकर माध्यामिक विद्यालय थालीका प्रधानाध्यापक विर्खबहादुर छत्याल र खार्पुनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख ललिजंग शाहीले प्रशिक्षण गराएको कम्प्युटर अप्रेटर शाहीले जानकारी दिएका छन् । एक कार्यक्रमका बीच सम्पन्न गरिएको सो तालिममा सहभागी बीच नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रर्दान समेत गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९