राज शाही बिहिबार, चैत्र ३०, २०७९ मा प्रकाशित

नेपाली सेनाले देशको रक्षा सँगै समुदाय स्तरमा विकास निर्माणका काममा पनि लागी पर्न थालेको छ । विकास निर्माण सँग सँगै शिक्षा स्वास्थ्यका क्षेत्रमा पनि आफ्नो उल्लेखनी भुमिका निर्वाह गर्दै आइ रहेको छ । हुम्ला जिल्लामा नेपाली सेनाले रगतको अभावमा जिल्ला अस्पताल लगाएत स्वास्थ्य संस्थामा छटपटाइ रहेका विरामीलाई रगत दान गर्ने जस्ता पुन्य कामहरु पनि गर्दै आइ रहेको छ ।

हुम्ला जिल्लामा सवारी दुरघटना हुँदा, प्राकृतिक प्रकोपका विपद पर्दा, बजार सरसफाइ देखि लिएर हरेक सामाजिक कार्यमा अग्रपङतीमा रही हुम्ली जनताको सेवामा उल्लखेनीय भुमिकामा रही काम गरेको पाइन्छ ।

हुम्ला जिल्लामा स्थापना भएको बराह दल गुल्म रानी वन व्यारेक सिमकोट हुम्लाले नाम्खा गाउँपालिकामा हेलिप्याट निर्माण कार्य सम्पन्न गरेको छ । चैत महिनामै निर्माण कार्य सुरु गरेको उक्त हेलिप्याड गाउँ पालिकालाई चैत ३० गते एक कार्यक्रमका बीच हस्तान्त्रण गरेको जानकारी प्राप्त भएको छ ।

सो गाउँपालिकाका जनता विरामी हुँदा हेलिकप्टरको रेस्क्यु गर्नु परेमा हेलिप्याड नहुँदा खेतवारी चौरमा खतरा मोली हेलीकप्टर ल्याण्ड गर्नु पर्ने अवस्थालाई मध्य नजर रही नेपाली सेनाले संचालन गर्दै आइरहेको जनहित कार्यक्रम शिघ्र प्रभाव आयोजना अन्तरगत उक्त हेलिप्याड निर्माण गरेको गुल्मपती दिनेश खड्काले बताएका छन् । उक्त हेलीप्याड नाम्खा गाउँपालिका केन्द्र यालावाङमा निर्माण गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९