राज शाही बुधबार, चैत्र २९, २०७९ मा प्रकाशित

ढुंगैढुंगाको फुक्का गारो, बीचबीचमा काठ, अनि कमेरो माटोलाई पिटेर बनाइएका बलिया छतसहितका दुई धारे मौलिक घरहरु लोप हुँदै गएका छन् । हुम्ला जिल्लामा विकासले फट्को मार्दै गए पछि हुम्लीको पहिचान दिने घरहरु लोप हुँदै गएका हुन । भुइँतलामा पशु–चौपाया, पहिलो तलामा आवास अनि छतमा विभिन्न सामानको स्टोर गरी राखिने पाँड भएका घरहरु अहिले विस्तापित हुँदै गएका छन्  ।

गाईबस्तु बाँध्ने भुइँतला, गोठ, बीचको तलालाई घर र माथिल्लो तलालाई पाँड भन्ने चलन हुम्ला जिल्लामा रहेको छ । पाण माथि काठ हालेर बनाइएकोलाइ नारे पनि भन्ने गरिन्छ । घर निर्माणको मौलिक शैली हुम्लाको सदरमुकाम सिमकोट देखि जिल्लाको ग्रामीण जीवनको फरक विशेषताका रूपमा हुन । तर, अब बिस्तारै पुराना शैलीका बासहरू बन्ने क्रम घट्दा पाका पुस्ताले चिन्ता गर्न थालेका छन् । पुराना शैलीका घर बनाउन सिपालु सिकर्मी–डकर्मीका नयाँ पुस्ता सीप हस्तान्तरण हुन नसक्दा पनि घरका स्वरूपमा प्रभाव परेको छ । मौलिक सीप पुस्तान्तरण हुन नसक्दा शैली फेरिँदै जान थालेको बताइएको छ  ।

पुराना शैलीका घर बनाउने मिस्त्री सजिलै पाउन गाह्रो छ । ‘हाम्रा गाउँघर पुग्ने नौला मान्छेलाई लोभ्याउने भनेका हाम्रा यी घरका बनोटको शैली हुन् । तर अहिले त टिन, इँटा र सिमेन्टको प्रयोग हुन थाल्यो,’, ‘सरकारले बेलैमा संरक्षणका योजना नबनाउने हो भने पुराना घरहरूको निसाना मात्रै बाँकी रहलान् जस्तो लाग्छ ।’ मौलिकको साटो नयाँ शैली अपनाउँदा केखर्च भन्दा पनि छिटो हुने भएकाले पुराना पाराका घर बनाउने क्रम घटेको पाइएको छ । ‘मौलिक शैलीका घरहरूको संरक्षण गरेर पर्यटकीय आकर्षणलाई कायम राख्ने तर्फ लाग्नु पर्ने पाका पुस्ताले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९