राज शाही मंगलबार, चैत्र २८, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेशका दश जिल्ला मध्य हुम्ला जिल्लामा विकासले फड्को मार्दै गएका छन् । नेपालका तिन तहका सरकारहरुले आ आफ्नो भुमिका प्रभावकारी ढंगले निर्वाह गर्दा यति वेला हुम्ला जिल्लाका गाउँ गाउँ सम्म ढल निकास, सडकको ट्रया ओपन, ट्रयाक ओपन भएका सडकमा ढुङ्गा विच्छाइ ग्रावेलिङ गर्ने कार्य पनि हुन थालेका छन् । माटोको छानोले छायका घरहरु जस्ता पाताले छाउन थालिएका छन् । सडक विस्तार सँगै प्राकृतीक प्रकोपबाट जोखिम देखिएका घरहरु विस्तार हुन थालेका छन् । मानिसहरुमा सफा खाने कुरा खानु पर्छ सरसफाइ हुनु पर्छ भन्ने मानसिकताको विकास भएको छ । गास वासको सुनिश्चिय भए पछि यहाँका स्थानियले शिक्षालाई प्राथामिकतामा राखेको पाइएको छ । सकिन्छ भने वोडि स्कुल नसिय सामुदायीक विद्यालयमा आफ्नो वालबालिका पठाउने गरेका छन् । अहिले हुम्ला जिल्लामा विद्यालय बाहिर रहेका वालबालिका विरलै पाउने गरेका छन् ।


यसै बीच खार्पुनाथ गाउँपालिका वडा नं ४ का सबै गाउँहरुमा बाटो ढल निर्माण कार्य तिब्र गतिले भइ रहेको पाइएको छ । कर्णाली प्रदेशले ४ गाउँको वाटो निर्माण सँगै ढलका लागी एक मुष्ट ६० लाख वजेट विनियोजन गरे पछि उक्त गाउँमा ढल निर्माण सँगै बाटोमा ढुङ्गा विछाउने कार्य धमा धम भइ रहेको सोही वडाका वडा सचिव लोकेन्द्रबहादुर हमालले बताएका छन् ।

खार्पुनाथ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष रंगमति शाहीको पहलमा कर्णाली प्रदेशले ६० लाख विनियोजन गरि निकासा प्राप्त भएपछि छिप्रा गाउँको खाडेन देखि तल्लो खोला सम्म, लेखमा गाउँ देखि खोला सम्म, माजा गाउँमा ढाँडा खोला देखि लामा साँडा पछाडी सम्म र नल्ला गाउँमा गाउँ देखि खोला सम्म ढल निर्माण कार्यले तिव्रता लिएको वडा सचिव हमलले बताएका छन् । माजा र छिप्रा गाउँमा काम आधाआधी भइ सकेको र लेख र नल्ला गाउँले उक्त ढल र बाटो निर्माणका लागी चाहिने आवश्य सामाग्री ढुङ्गा बालुवा सिमेन्ट जुटाइ रहेको र अवको केही दिनमा उक्त गाउँहरुमा पनि निर्माण कार्य सुरु हुने हमालले बताएका हुन ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैशाख २२ गतेबाट
कक्षा १२ को २ परिक्षा केन्द्रमा ४ जना परिक्षार्थी अनुउपस्थि
करिव २ हप्ता अवरुद भएको 4 G सेवा मर्मत पछि संचालनमा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९