राज शाही मंगलबार, चैत्र २८, २०७९ मा प्रकाशित

कर्णाली प्रदेशको हुम्ला जिल्लामा कृषि सम्बन्धी अभिमुखी करण गरिएको छ । उक्त अभिमुखीकरण खार्पुनाथ गाउँपालिकामा गरिएको हो । काठमाण्डौबाट आएका जि आइ एनका प्रतिनिधिहरुले कर्षि सम्वन्धी विषय वस्तु माथि २ दिन सम्म खार्पुनाथ गाउँपालिका केन्द्र याँङचु बजारमा प्रशिक्षण गराएको सोही गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष एव गाउँपालिका प्रवक्ता भरतजंग शाहीले बताएका छन् ।

कृषि अभिमुखीकरण कार्यक्रममा रैथानेवालीको खेती कसरी गर्ने, यसको भण्डार कसरी गर्ने, वजारीकरण गर्ने तरिका, लगाउदा कति दुरीमा लगाउने, मल कसरी खेतवारीमा हाल्ने, विउ कसरी उत्पादन गर्ने, खेतवादरीमा छर्ने, कस्तो खाले माटोमा कुन वाली लगाउने भन्ने विषय वस्तु माथि अभिमुखीकरण गरीएको सोही गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाहीले जानकारी दिएका छन् ।

२ दिन सम्म खार्पुनाथमा संचालन भएको तालिममा सोही गाउँपालिका भित्रका कृषि सहकारी, सहकारी, कृषक, जनप्रतिनिधि, कर्मचारी, नागरीक समाज लगाएतको उपस्थित रहेको थियो । अभिमुखीकरण कार्यक्रम खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलको अध्यक्षतामा संचालन भएको थियो । आइतबाट सुरु भइ आज सोमबार एक औपचारीक कार्यक्रमका वीच सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९