राज शाही आइतबार, चैत्र २६, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाको अदानचुली गाउँपालिकाको बाह्रौ हिउँदे गाउँसभा भएको छ गाउँपालिका विपत जोखीम न्युनिकरण तथा व्यावस्थापन ऐन २०७९, टोल विकाश सस्था व्यावस्थापन कार्यविधी २०७९, कन्टीजेन्सी रकम खर्च व्यावस्थापन कार्यविधी २०७९, गाउँपालिका विपत जोखीम न्युनिकरण तथा व्यावस्थापन कार्यविधी २०७९ र विगतका वर्षमा पारित कार्यविधी सँसोधन ऐन २०७९ माथिको ऐन र कार्यविधीको बारे नितीगत रुपमा प्रस्ट पार्दै निमित प्रमुख प्रसासकिय अधिकृत मेघनाथ शाहीले आउँदो वर्षको बजेटमा लागु हुने गरी तयारीमा लाग्ने बताएका छन् । ऐन र कार्यविधीको प्रस्ताव पेस गर्ने वडा न ५का वडा अध्यक्ष कमल बहादु छत्याल,वडा न ४का वडा अध्यक्ष मनऋषी पाण्डे, वडा न २ का वडा अध्यक्ष नन्द महतारा, वडा न ३ का वडा अध्यक्ष डिल बहादुर फडेरा र वडा न ६ का वडा अध्यक्ष,बृख बहादुर बुढाले संयोजकत्वको भुमिका निर्वाह गर्ने बताइएको छ ।

हुम्लाको अदानचुली गाउँपालिकाको बाह्रौ हिउँदे गाउँसभा भएको छ । पालिकाको सभाहलमा सञ्चालित उक्त हिउँदे गाँउसभाले ३ करोड ६ लाख विनीयोजन गरेको छ । जसमा सेरा देखि कालागाड सडक निर्माणका लागी ४० लाख विनियोजन भएको छ भने बुका खोला देखि काटेखौला सम्म सडक निर्माणमा ३० लाख विनियोजित भएको छ । यसैगरी आम्ली खोला देखि रिल्म सम्म सडक निर्माणमा २५ लाख विनियोजन हुदा श्रीनगर बृहत खानेपानीमा ट्याँकी निर्माण एक, दुई, तीन वडाका लागी १५ लाख र सोही खानेपानीकै मुहान च्याम्वर निर्माण तथा पाईप परिवर्तनमा २० लाख विनियोजीत भएको छ । यस्तै कालागाड पाल्स सडक निर्माण २० लाख विनियोजन हुँदाउक्त गाउँसभाले तिउनेली भिड कल्खे सडक निर्माणमा २५ लाख विनियोजन गरेको छ ।

वडा नं चार, पाँच र छ मा म्याचिङ फण्डका लागी १९ लाख, कल्खे फिल्ड निर्माण आयोजना ५ लाख, वडा न २ को वडा कार्यलय भवन मर्मत १० लाख, वडा न ३ कार्यलयको फिल्ड निर्माण १५ लाख,वडा न ४ को अनारखेत सिचाई ५ लाख,वडा न ५ को ओखर पकेट कार्यक्रम १० लाख,मोवाईल टावर निर्माण तथा ढुवानी च्याम १० लाख,छहरा खेत लघु जलविद्युत आयोजना मर्मत ६ लाख, पुजिगत कार्यक्रम खर्च २३ लाख,पुजिगत कार्यक्रम खर्च वडा न छ १० लाख हिउँदे गाउँसभामा प्रस्तुत भएको छ । चालु भैपरी खर्च रहेको अबण्डा रकम कर्मचारी तलव भत्ता तथा अन्य अपुग खर्च शिर्षकमा १ करोड विनियोजन भएको छ ।

भैपरी पुजिगत कार्यक्रममा ५ करोड ८९ लाख १२ हजार ५सय ४५ रकम रहेको उपाअध्यक्ष कर्ण रोकायाले बताए । बाँकी विनियोजीत योजना कार्यक्रममा २ करोड ८३ लाख १२ हजार ५सय ४५ विनियोजन भएको छ । गाउँसभामा पेस हुने प्रस्ताव प्रस्तुत हुनु पुर्व उपाअध्यक्षले पुर्खाको उखान जस्तै ढिलै होस् छोरै होस् भन्ने हेतुले पारिवारीक खटपटले ढिलाई भएको बताउनु भयो । पहिलेको भन्दा केही फरक हुनु पर्छ भन्ने उदेश्यका साथ खडवड नभएर सपटले मात्र राम्रो नहुने हुदा एकता र जवाफदेहिताको खोजिमा रहेको उपाध्यक्ष रोकायाको भनाई छ ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९