राज शाही आइतबार, चैत्र २६, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

सिप सिकौ रोजगार बनौ भन्ने मुलमन्त्रका साथ हुम्ला जिल्लाका युवा युवतीहरुलाई विभिन्न सिपमुलक तालिम संचालन भइ रहेका छन् । जिल्लामा स्थापित सरकारी तथा गैर सरकारी कार्यालयले हुम्ला जिल्लामा सिपमुलक तालिम वर्षेनी दिइ रहेका छन् । उक्त तालिम प्राप्त गरीसकेपछि केही युवा युवतीहरु व्यवसायीकरुपमा पनि लागेको देखिएको छ । सिप सिकेका युवायुवतीहरु केही हाते होजारी तालिमको प्रशिक्षक समेत भएको देखिन्छ ।

केही युवायुवती वारिङ, मोवाइल मर्मत, चान तान वुनाइमा पनि व्यवसायीकरुपमा लागेको पाइएको छ । त्यसै गरी केही युवाले फर्निचर सम्बन्धी तालिम लिइ महिनामा ४०।४५ हजार सम्म आर्थिक उपार्जन गरेको पनि देखिएको छ ।

यसै बिच खार्पुनाथ गाउँपालिका वडा नं ४ मा आज आइतबारबाट ३ महिने हाते होजारी तालिमको उत्घाटन भएको वडा सचिव लोकेन्द्र हमालले बताएका छन् । तालिममा २० जना महिला र १ जना पुरुष गरी २१ जनाको सहभागिता रहेको खवर प्राप्त भएको छ ।नेपाल उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोग र खार्पुनाथ गाउँपालिकाको आयोजनामा संचालन गरिएको हो ।

गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तरगत शिप विकास तालिम ३ महिने तालिम संचालन गरेको खार्पुनाथ उद्यम विकास सहजकर्ता सन्तोष जठाराले बताएका छन् । तालिमको उत्घाटन सोही वडाका वडा सदस्य सोभान जेठाराले गरेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालको नेतृत्वमा मतदान केन्द्रको निरीक्षण
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९