राज शाही शनिबार, चैत्र २५, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्ला सिमकोट गाउँपालिकाले सामाजिक सुरक्षा तथा व्यक्तीगत घटना दर्ता वडाबाटै गर्ने भएको छ । ४ दिन सम्म स्थाइ पन्जीका अधिकारीलाइ सिमकोट गाउँपालिकाले तालिम दिए पछि अव सिमकोट गाउँपालिकाका ८ वटै वडाबाटै घटना दर्ता हुने भएका छन् । यस अघि सिमकोट गाउँपालिकाले आफ्नै कार्यालयबाट गर्दै आयको सामाजिक सुरक्षा तर्फ जेष्ठ नागरिक, बालबालिका सख्या, विद्युवा महिला, अपाङ, वसाइ सराइ लगाएतका घटनाको लगत संकलन अव गाउँपालिकाको वडा कार्यालयबाटै हुने भएको छ ।

सिमकोट गाउँपालिकामा स्थाइ कर्मचारीको पद पुर्ती भए पछि वडामै स्थाइ पन्जीका अधिकारी खठाए पछि वडाबाटै सो कार्य हुने भएको हो । वडाबाटै उक्त कार्यका लागी सिमकोट गाउँपालिकाका प्रतेक वडामा भरचुवल प्रसनल नेटवर्क जडान गरी सोही माध्यमबाट व्यक्तीगत घटना सँगै सामाजिक सुरक्षाका घटनाहरु दर्ता हुने भएका छन् ।

यसले गर्दा समयको वचत सँगै स्थानियवासीको दुःख हैरानी समेत कम हुने आफ्नो गाउँ घरमै सेवा लिन स्थानियवासीलाई सहज हुने सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताएका छन् । सिमकोट गाउँपालिकाबाट प्रवाह हुने सेवा जनतामुखी बनाइ सेवालाई चुस्त दुरुस्त बनाउनकै लागी पनि यो सेवालाई वडाबाटै प्रवाह गर्ने पहिलो पटक जमर्को गरेको अध्यक्ष भण्डारीले बताएका छन् ।

उक्त कार्य सिमकोट गाउँपालिकाले जिल्लामै पहिलो पटक गर्न लागेको हो । जसका लागी कर्मचारी खटि सकेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लामा साँस्कृतिक मञ्च हुम्लाको छैटौ साधरण सभा सम्पन्न 
पाठेघर मुखको क्यान्सर सम्वन्धी स्केनिङमा १ सय ५ जनाको चेक जाँच
साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) को भोट खण्ड काव्य बिमोचन हुँदै

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९