राज शाही शनिबार, चैत्र २५, २०७९ मा प्रकाशित

हुम्ला जिल्ला सिमकोट गाउँपालिकाले सामाजिक सुरक्षा तथा व्यक्तीगत घटना दर्ता वडाबाटै गर्ने भएको छ । ४ दिन सम्म स्थाइ पन्जीका अधिकारीलाइ सिमकोट गाउँपालिकाले तालिम दिए पछि अव सिमकोट गाउँपालिकाका ८ वटै वडाबाटै घटना दर्ता हुने भएका छन् । यस अघि सिमकोट गाउँपालिकाले आफ्नै कार्यालयबाट गर्दै आयको सामाजिक सुरक्षा तर्फ जेष्ठ नागरिक, बालबालिका सख्या, विद्युवा महिला, अपाङ, वसाइ सराइ लगाएतका घटनाको लगत संकलन अव गाउँपालिकाको वडा कार्यालयबाटै हुने भएको छ ।

सिमकोट गाउँपालिकामा स्थाइ कर्मचारीको पद पुर्ती भए पछि वडामै स्थाइ पन्जीका अधिकारी खठाए पछि वडाबाटै सो कार्य हुने भएको हो । वडाबाटै उक्त कार्यका लागी सिमकोट गाउँपालिकाका प्रतेक वडामा भरचुवल प्रसनल नेटवर्क जडान गरी सोही माध्यमबाट व्यक्तीगत घटना सँगै सामाजिक सुरक्षाका घटनाहरु दर्ता हुने भएका छन् ।

यसले गर्दा समयको वचत सँगै स्थानियवासीको दुःख हैरानी समेत कम हुने आफ्नो गाउँ घरमै सेवा लिन स्थानियवासीलाई सहज हुने सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताएका छन् । सिमकोट गाउँपालिकाबाट प्रवाह हुने सेवा जनतामुखी बनाइ सेवालाई चुस्त दुरुस्त बनाउनकै लागी पनि यो सेवालाई वडाबाटै प्रवाह गर्ने पहिलो पटक जमर्को गरेको अध्यक्ष भण्डारीले बताएका छन् ।

उक्त कार्य सिमकोट गाउँपालिकाले जिल्लामै पहिलो पटक गर्न लागेको हो । जसका लागी कर्मचारी खटि सकेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९