राज शाही शुक्रबार, चैत्र २४, २०७९ मा प्रकाशित

कर्णाली प्रदेशको हुम्ला जिल्लाको क नम्वर क्षेत्रमा वजेटको अभावमा क्याम्पसको भवन अलपत्र परेको छ । कर्णाली प्रदेशको आर्थिक सहयोगमा आर्थिक वर्ष ७७।७८ मा निर्माण कार्य सुरु भएको उक्त भवनको २ कोठा निर्माण कार्य सम्पन्न भइ जस्ता पाता छाउनका लागी काठ समेत छतमा हालिएको उक्त भवनको थप वजेटको अभावमा सो भवनको निर्माण कार्य पुरा हुन नसकेको देखिएको छ ।

भवन निर्माण गर्न जग्गा खरिदका लागी ५ लाख ५० हजार रुपैंया अदानचुली गाउँपालिका वडा नं ३ का निवर्तमान अध्यक्ष दत्त विष्ठलाइ उपलब्ध गराइएको र सो रकम लिए पनि जग्गा धनिले भवनका लागी प्रयोग भएको जग्गा गल्फागाड बहुमुखी क्याम्पस श्रीनगरका नाउँमा रजिष्टेसन पास नगरि दिए पछि सो भवन निर्माण कार्य अलपत्र परेको सोही क्याम्पसका पुर्व क्याम्पस प्रमुख रणसुर रोकायाले वताएका छन् ।

क्याम्पस निर्माण भन्दा पनि सोही क्याम्पसका लागी सम्पर्क कार्यालय निर्माण गर्ने सम्झौता प्रदेश कार्यालय संग भएको पुर्व क्याम्पस प्रमुख रोकायाले बताएका छन् । प्रदेश कार्यालयबाट प्राप्त रकम २० लाख मध्य ५ लाख ५० हजार जग्गा खरिद बाँकी रकम ढुङ्गा काठ र लेवरमा खर्च गरिएको र अपुग रकम अदानचुली गाउँपालिकाले सहयोग गर्ने भनिए पनि उक्त रकम आर्थिक वर्ष ७७।७८ मा अदानचुली गाउँपालिकाले नदिए पछि सो भवनको निर्माण कार्य पुरा नभएको रोकायाले बताएका छन् ।
अधरो रहेको भवनको निर्माण कार्य पुरा गर्नका लागी अदानचुली गाउँपालिकाले थप वजेटको व्यवस्थापनका लागी सहयोगको आश्वासन पाएको पुर्व क्याम्पस प्रमुख रोकायाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९