राज शाही बुधबार, चैत्र २२, २०७९ मा प्रकाशित

हुम्ला जिल्लाका ग्रामिण भेग सम्मै स्वास्थ्य क्षेत्रमा पहुच वढ्दै गएको छ । जिल्ला अस्पतालबाट मात्रै सेवा प्रवाह हुने हुम्ला जिल्लामा अहिले हुम्लाका ग्रामिण भेगबाटै सेवा प्रवाह हुन थालेका छन । यस अघि गर्भवति महिलाको गर्भमा रहेको शिसुको स्वास्थ्य अवस्था र आमाको शारीरिक अवस्था कस्तो छ भन्ने बारेमा जानकारी लिनका लागी जिल्लाका ७ वटै गाउँपालिकाका स्वास्थ्य संस्थाबाट सेवा प्रवाह हुन थालेका छन । स्वास्थ्य विभागको आर्थिक सहयोग सँगै गाउँपालिकाको पहलमा गर्भवति महिलाको भिडियो एक्सरेका लागी चाहिने आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध भए पछि गाउँपालिकाकै स्वास्थ्य संस्थाबाटै गर्भवति महिलाको गर्भ चेक जाँच हुने गरेको छ ।

हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा नं ४ मा रहेको पिप्लाङ बर्थिङ सेन्टरमा गर्भवति महिलाहरुका लागी भिडियो एक्सरे सुरु भएको स्वास्थ्यकर्मी वल कुमार शाहीले बताएका छन् । सो वर्थिङ सेन्टरमा गर्भवति महिलाको भिडियो एक्सरे सुरु भए पछि सोही गाउँपालिका वडा नं ४ का गर्भवति महिला सँगै अन्य वडाका महिलाहरु पनि गर्भ चेक जाँच गर्न सोही वर्थिङ सेन्टरमा आउने गरेको शाहीले बताएका छन् । गर्भ अबस्थामा कम्तीमा ३ पटक र अन्य समस्या परेमा जतिखेर पनि video x-ray सेवा लिदा आमा र गर्भमा रहेको शिशुको समस्या समयमा पत्ता लाग्ने भएकाले चंखेली गाउँपालिकाको सहकार्यमा सो वर्थिङ सेन्टरमा भिडियो एक्सरे सेवा सुरु गरिएको जानकारी प्राप्त भएको छ । गर्भमा रहेको बच्चाको अवस्था केछ उल्टो सुल्टो के छ पोष्ण पुगेको छ वा छैन लगाएतका स्वास्थ्य सम्बन्धी जानकारी लिनका लागी पनि भिडियो एक्सरे सेवा संचालन भएको खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९