राज शाही सोमबार, चैत्र २०, २०७९ मा प्रकाशित

कर्णाली प्रदेशको प्रदेश निर्वाचन क्षेत्र क को अदानचुली गाउँपालिकाले सडक आसपास रहेका भौतिक संरचनाको तथ्याकं संकलन गर्ने कार्य सुरु गरेको छ । गाउँपालिकाको गल्फागाड देखि कालागाड सम्म निमार्ण हुने पक्की सडकको सर्बेका लागि सडक छेउछाउको घर जग्गाको प्रारम्भिक तथ्यांक संकलन थालिएको हो । सडक निमार्ण गर्दा के कति संरचना हटाउनु पर्छ, कति संरचनामा क्षेति पुग्न सक्छ र के कति खेती योग्य जमिन मासिन्छ भन्ने गाउँपालिकाले तथ्यांक संकलन गरीएको सोहि गाउँपालिका अध्यक्ष मोहन विक्रम सिहले बताएका छन ।

कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवन बहादुर शाहीको पहलमा, प्रादेशिक स्थानीय सड्क सुधार आयोजना सुर्खेत र विश्व बैंकको आर्थिक सहयोगमा गल्फागाड देखि कालागाड ८ मिटरमा चांडाईमा सडक निमार्ण हुन लागेको छ । शनिवार एक कार्यक्रमका विच अदानचुली गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंह, उपाध्यक्ष कर्ण रोकाया, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही, सबै वडाका वडा अध्यक्ष, विश्व वैकका प्रत्तिनिधी, इन्जिनियर अनिल कुमार मिश्र, नन्द बहादुर शाही, कर्यापालिका सदस्य, वडा सदस्य, राजनैतिक दलका प्रमुख तथा प्रत्तिनिधी र स्थानियको सहभागितामा अनुगमन गर्दै तथ्याकं संकलन गरीएको हाम्रा स्थानिय संवाददाता राम बुढाले बताएका छन् ।

गाउँपालिकाको गल्फागाड देखि कालागाड सम्म निमार्ण हुने ८ मिटर चौडाइ पक्की सडकको सर्बेको लागि सडक छेउछाउको घर जग्गाको प्रारम्भिक तथ्यांक संकलन भएको गाउँपालिकाका निमित्ति प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९