राज शाही शनिबार, चैत्र १८, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

आर्थिकरुपमा विपन्न घरपरिवारलाई खाध्यन्न सहयोग गरिएको छ । उक्त सहयोग कर्णाली प्रदेशका १० जिल्ला मध्य हुम्ला जिल्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका वडा नं ३ का दलित घर परिवारलाई गरिएको हो । नयाँ अन्न उत्पादन भइ नसकेको र पुरानो जगेडा गरेको अन्न सकि विहान वेलुका छाक टार्न समेत धौ धौ भएका वेला ३३ दलित घर परिवारलाई खाध्यन्न सहयोग गरिएको सोही वडाका वडा अध्यक्ष पामा लामाले बताएका छन् ।

सोही वडाको प्राविधिक सहयोग र लियो चहुन वाङ फरम ताइवान नामक संस्थाको आर्थिक सहयोगमा प्रति घर परिवार एक एक कट्टाको दरले चामल सहयोग गरेको जानकारी प्राप्त भएको छ । स्थानिय वासी टसि तान्वा लामाको पहलमा उक्त खाध्यन्न सहयोग गरीएकाले निजलाई सोही वडाले धन्यवाद समेत ज्ञापन गरेको छ । नयाँ उत्पादन नभइ सकेको र पुरान भण्डारण गरेको अन्न सकिएका वेला यो चामल सहयोग पाएको ३३ दलि घरपरिवारले खुसी वक्यत गर्नुका साथै सहयोग गर्ने व्यक्ती वडापालिकालाइ समेत धन्यवाद दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९