राज शाही शनिबार, चैत्र १८, २०७९ मा प्रकाशित

आर्थिकरुपमा विपन्न घरपरिवारलाई खाध्यन्न सहयोग गरिएको छ । उक्त सहयोग कर्णाली प्रदेशका १० जिल्ला मध्य हुम्ला जिल्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका वडा नं ३ का दलित घर परिवारलाई गरिएको हो । नयाँ अन्न उत्पादन भइ नसकेको र पुरानो जगेडा गरेको अन्न सकि विहान वेलुका छाक टार्न समेत धौ धौ भएका वेला ३३ दलित घर परिवारलाई खाध्यन्न सहयोग गरिएको सोही वडाका वडा अध्यक्ष पामा लामाले बताएका छन् ।

सोही वडाको प्राविधिक सहयोग र लियो चहुन वाङ फरम ताइवान नामक संस्थाको आर्थिक सहयोगमा प्रति घर परिवार एक एक कट्टाको दरले चामल सहयोग गरेको जानकारी प्राप्त भएको छ । स्थानिय वासी टसि तान्वा लामाको पहलमा उक्त खाध्यन्न सहयोग गरीएकाले निजलाई सोही वडाले धन्यवाद समेत ज्ञापन गरेको छ । नयाँ उत्पादन नभइ सकेको र पुरान भण्डारण गरेको अन्न सकिएका वेला यो चामल सहयोग पाएको ३३ दलि घरपरिवारले खुसी वक्यत गर्नुका साथै सहयोग गर्ने व्यक्ती वडापालिकालाइ समेत धन्यवाद दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९