राज शाही शनिबार, चैत्र १८, २०७९ मा प्रकाशित

हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा संचालन भएका विकासे योजनाहरुको अनुगमन गरिएको छ । अनुगमन सोही गाउँपालिका अध्यक्ष मोहन विक्रम सिहको नेतृत्वमा स्थलगतरुपमा अनुगमन गरिएको जानकारी प्राप्त भएको छ । अध्यक्ष नेतृत्वको टोलीले योजनाहरुको प्रभावकारीता सँगै गुणस्तरीय छन वा छैनन, हाल सम्म के कति काम भईरहेका छन,त्यसको बास्तविक अवस्था बुझ्न गाउँपालिकाका अध्यक्ष सिंहले स्थलगत अनुगमन गरेको अदानचुली मानसरोवर टाइम्स साप्ताहिक शाखा प्रमुख राम वुढाले बताएका छन् ।

अनुगमनमा स्थानियको समस्यालाई समाधान गर्ने, निर्माणाधीन योजनालाई थप प्रभावकारि बनाउने उदेश्यका साथ कालागाड हुँदै बारिगाउँ काखेसम्मको ग्रामिण सडकको अनुगमन गरेको सोही गाउँपालीकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीले जानकारी दिएका छन् ।

विगतका दिनहरूमा योजनाको नाममा लाखौं बजेट काम नगरेरै सकिएको, काम प्रभावकारी नभएको भन्दै स्थानियले चरम गुनासो गरेपछी आफुहरू स्थलगतरुपमा अनुगमनमा पुगेको गाउँपालीकाका अध्यक्ष मोहन विक्रम सिहले बताएका छन। अनुगमनमा अदानचुली गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष, अन्य जनप्रतिनिधिहरू प्राविधिक कर्मचारी लगाएतको टोली सहभागी रहेको अध्यक्षको सचिवालयका जीवन बहादुर बुढाले जानकारी दिएका छन् । अनुगमन चैत १६ गते गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९