राज शाही शुक्रबार, चैत्र १७, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

वेरोजगारीलाई सिप सिकाइ रोजगारी वनाउने हेतुले वारिङ तालिमको उत्घाटन गरिएको छ । उक्त उत्घाटन खार्पुनाथ गाउँपालिका वडा नं ५ ताक्लामा गरिएको हो । ७ दिन सम्म संचालन हुने तालिममा २० जना ताक्ला र बाँम्टाका युवाहरुको सहभागिता रहने सन्तोष जेठाराले बताएका छन् । स्थानिय स्तरमा सिप सिकाइ सोही ठाउँमै रोजगारी बनाइ आर्थिक उपार्जन गरी गरीवी न्युनिकरण गर्ने उद्देश्यका साथ वारिङ तालिम संचालन गरिएको सोही वडाका वडा अध्यक्ष भरतजंग शाहीले बताएका छन् ।

गाउँ गाउँमा विजुली पुगेपछि वारिङ गर्ने जनसक्ती वाहिरबाट ल्याउनु पर्दा मङगो मुल्य तिर्नु परेकाले यो वारिङ तालिम दिइ गाउँ मै सिपयुक्त जनशक्ती उत्पादन गर्नु रहेको अध्यक्ष शाहीले बताउका छन् । नेपाल उद्योग बाँणिज्य तथा आपुर्ती मन्त्रालयको आर्थिक सहयोग र हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाको आयोजनामा संचालित गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तरगत सिप विकास तालिम संचालन गरिएको हो ।

तालिमको सोही वडाका वडा अध्यक्ष भरतजंग शाहीले सुक्रबार एक कार्यक्रमका बीच उत्घाटन गरेको जेठाराले बताएका छन् । खार्पुनाथको आर्थिक वर्ष ७९।८० को वार्षिक कार्यक्रम अन्तरगत सो तालिम संचालन भएको हो ।

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९