राज शाही बिहिबार, चैत्र १६, २०७९ मा प्रकाशित

नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा महासंघको हुम्ला शाखाद्धारा आर्थिक अभावले अस्पतालको लास घरमा रहेको लासको उद्धार गर्ने कार्य भएको छ । महासंघ शाखाले आर्थिक जुटाउन समन्वय गर्दै लासको दाहसंस्कार गर्न आर्थिक जुटाएर खार्पु दोभानमा रहेको मसानघाटसम्म उद्धार गर्ने कार्य भएको हो ।

महासंघ शाखाका अध्यक्ष राजन रावतका अनुसार पोष्टमार्टम पछि अस्पतालले आफन्तलाई बुझाएको नदीमा भेटिएको लास रुकुम पुर्ब जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका– ६ को मयाङ गाउँका संसार घर्तीमगरको लासलाई दाहसंस्कार गर्न आफन्तलाई आर्थिक नभएपछि लासघरमा रोकिएको साललाई गाडीको ब्यवस्था गरि खार्पु दोभानतर्फ पठाउने कार्य गरिएको बताए ।
उनले आफन्तको अनुरोधमा महासंघ हुम्ला शाखाले गाडीको ब्यवस्थाका लागि रकम उठाउन समन्वय गरेको बताए । अस्पतालको लासघरबाट मसान घाटसम्म लग्नका लागि लागेको भाडाको ब्यवस्था गर्न महासंघले समन्वय गरेको हो । यसका लागि महासंघको अनुरोधमा स्वास्थ्य सेवा कार्यालय र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाले भाडाको ब्यवस्था गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९