राज शाही बिहिबार, चैत्र १६, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा महासंघको हुम्ला शाखाद्धारा आर्थिक अभावले अस्पतालको लास घरमा रहेको लासको उद्धार गर्ने कार्य भएको छ । महासंघ शाखाले आर्थिक जुटाउन समन्वय गर्दै लासको दाहसंस्कार गर्न आर्थिक जुटाएर खार्पु दोभानमा रहेको मसानघाटसम्म उद्धार गर्ने कार्य भएको हो ।

महासंघ शाखाका अध्यक्ष राजन रावतका अनुसार पोष्टमार्टम पछि अस्पतालले आफन्तलाई बुझाएको नदीमा भेटिएको लास रुकुम पुर्ब जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका– ६ को मयाङ गाउँका संसार घर्तीमगरको लासलाई दाहसंस्कार गर्न आफन्तलाई आर्थिक नभएपछि लासघरमा रोकिएको साललाई गाडीको ब्यवस्था गरि खार्पु दोभानतर्फ पठाउने कार्य गरिएको बताए ।
उनले आफन्तको अनुरोधमा महासंघ हुम्ला शाखाले गाडीको ब्यवस्थाका लागि रकम उठाउन समन्वय गरेको बताए । अस्पतालको लासघरबाट मसान घाटसम्म लग्नका लागि लागेको भाडाको ब्यवस्था गर्न महासंघले समन्वय गरेको हो । यसका लागि महासंघको अनुरोधमा स्वास्थ्य सेवा कार्यालय र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाले भाडाको ब्यवस्था गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९