राज शाही बुधबार, चैत्र १५, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लाका स्थानिय सरकार भौतिक संरचना निर्माण कार्यलाई पहिलो प्राथामिकता दिन थालेका छन् । भौतिक पुर्वधारका संरचना नहुँदा जनतालाई सेवा दिन समस्या भए पछि गाउँपालिका देखि वडा कार्यालय सम्मका भवनहरु निर्माण कार्यलाई पहिलो प्राथामिकता दिन थालेका हुन । स्थानिय तहको पहिलो पाँच वर्षे कार्यकाल सम्पन्न गरी दोश्रो कार्यकालको पहिलो वर्षको अन्तिमतिर आइरहेका वेला नयाँ जनप्रतिनिधिहरुले आफ्नो गाउँपालिका सँगै वडा पालिकाका जनताको सेवा सुविधालाई पहिलो प्राथामिकतामा राख्न थालेका छन् ।

स्थानिय तहको पहिलो कार्यकालमै खार्पुनाथ गाउँपालिकाले पालिका भवन निर्माण कार्य सम्पन्न गरेको उक्त गाउँपालिकाले दोश्रो कार्यकालको पहिलो वर्षमा वडा कार्यालयहरु निर्माण कार्यलाई पहिलो प्राथामिकतामा राखेको छ । उक्त गाउँपालिकाले यस अघि वडा नं ४ को वडाकार्यालयको भवन निर्माण कार्य सम्पन्न गरी जनताका काम काजहरु आफ्नै वडा कार्यालयको भवनबाट संचालन गरि रहेको छ ।

यसै बीच आज बुधबार खार्पुनाथ गाउँपालिका वडा नं ५ को वडा कार्यालय निर्माण कार्य सम्पन्न गरी ठेकेदारले वडा अध्यक्ष भरतजंग शाहीलाई वुझाएको छ । उक्त भवन निर्माण कार्य सम्पन्न गरी वडा अध्यक्षलाई बूझाए सँगै सो भवनको उत्घाटन गरिएको छ । भवनको उत्घाटन वडा अध्यक्ष भरत जंग शाहीले गरेका छन् । वडा भवनलाई उत्घाटन गर्दै वडा अध्यक्ष शाहीले यसअघी साँघुरो भाडाको घरबाट जनताको सेवा दिदै आएकोमा अव आफ्नै भवनबाट जनताको सेवा सर्वसुलव सहज ढंगले दिने सकिने बताएका छन् ।उक्त भवन २ तले ८ कोठे रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९