राज शाही मंगलबार, चैत्र १४, २०७९ मा प्रकाशित

जिल्ला अस्पताल हुम्लाका १३ जना विरामीहरुलाई रियल जुस वितरण गरिएको छ । एकिकृत सरकारी कर्मचारी संगठन स्थापना दिवसको अवसर पारी उक्त जुस वितरण गरिएको हो । १ वर्षको स्थापना दिवसको अवसरमा नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संगठन एकिकृत सरकारी कर्मचारी संगठन जिल्ला कार्यसमिति हुम्लाले मंगलबार जुस वितरण गरेको हो ।

जुस वितरण कार्यक्रममा नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष शिवराज सर्मा, पार्टी सचिव कमल छत्याल, एकिकृत सरकारी कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष लोक राज न्यौपाने, सचिव मिमसिह नेपाली र कोषाध्यक्ष पुरीचन्द गोतामे लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

हुम्ला जिल्लामा गठन भएको एकिकृत सरकारी कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष लोकराज न्यौपाने, सचिव मिमसिह नेपाली र कोषाध्यक्ष पुरीचन्द गोतामेलाई नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष एव जिल्ला समन्वय समितिका प्रमुख शिवराज सर्मा, पार्टी सचिव कमल छत्यालले स्वागत तथा सम्मान गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९