राज शाही सोमबार, चैत्र १३, २०७९ मा प्रकाशित

७५ वर्ष माथिका जेष्ठ नागरिकलाई बलाङकेट वितरण गरिएको छ । वलाङकेट हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वस्तीका जेष्ठ नागरिकलाई वितरण गरिएको वडा अध्यक्ष भरतजंग शाहीले बताएका छन् । खार्पुनाथ गाउँपालिकाको आर्थिक सहयोग र वडा नं ५ का वडा अध्यक्ष भरतजंग शाहीको पहलमा उक्त वलाङकेट वितरण गरिएको हो ।

हिमाली जिल्ला हुम्लामा चैत महिनाको १३ गते सम्म पनि हिमपात भइरहेको र यहाँका हिमालहरुमा करिव ५ फिट सम्म हिउ जम्दा तापक्रम माइनस ५ डिग्री सम्म रहने गरेको छ । यसले गर्दा जेष्ठ नागरीकहरु यो चिसो मौसमको कठ्याग्रिने जाडोमा उनीहरुलाई न्यानो गर्न र चिसोबाट बचाइ दम निमोनिया जस्ता रोगबाट बचाउनका लागी पनि उक्त बलाङकेट वितरण गरिएको वडा अध्यक्ष शाहीले बताएका छन् ।

आज सोमबार खार्पुनाथ गाउँपालिकाको वडा नं ५ मा एक कार्यक्रमको आयोजना गरि ७५ वर्ष माथिका ३१ जना जेष्ठ नागरिकलाई फाइवर वालाङकेट वितरण गरिएको शाहीले बताएका छन् । औषधी उपचारका लागी वडा पालिका बाहिर रहेका जेष्ठ नागरिकको हकमा निजहरुका नातेदारलाई वलाङकेट उपलब्ध गराइएको अध्यक्ष शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९