राज शाही आइतबार, चैत्र १२, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति हुम्लाको वैठक वसेको छ । नेपाल विद्यार्थी सँघ जिल्ला कार्य समितिका अध्यक्ष धर्मराज जैसीको अध्यक्षतामा वसेको बठैकले ३ वटा निर्णय गरेको छ । शनिवार वसेको बैठकले नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिमा ६ जनालाई मनोनित गरेको छ । मोनित हुनेमा नरेन्द्र भण्डारी, छविलामु लामा, रेखा बोहरा, हिराजन शाही, जवेन्द्र शाही र बालकृष्ण दमाई रहेका छन् ।

सोही वैठकले नेपाल विद्यार्थी संघ विस्तारका लागी गाउँपालिकामा नेपाल विद्यार्थी संघका प्रतिनिधि तोकेको छ । जसमा लंक थापा ताँजाकोट, हिक्मत सिंह अदानचुली,जवेन्द्र शाही खार्पुनाथ, सागर सम्सेर शाही सिमकोट र छवि लामु लामा नाम्खा गाउँपालिकामा प्रतिनिधि तोकेको हो । गाउँपालिका भित्र रहेका क्याम्पस तथा उच्च माध्यामिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाइ गठन गर्नको लागी प्रतिनिधि खटाइएको नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिका अध्यक्ष धर्मराज जैसीले बताएका छन् । सोही वैठकले नेपाल विद्यार्थी संघको कार्यालय नेपाली काँग्रेसको पार्टी कार्यालय विपि स्मृती भवनको एउटा कोठामा स्थापना गर्ने निर्णय गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९