राज शाही आइतबार, चैत्र १२, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति हुम्लाको वैठक वसेको छ । नेपाल विद्यार्थी सँघ जिल्ला कार्य समितिका अध्यक्ष धर्मराज जैसीको अध्यक्षतामा वसेको बठैकले ३ वटा निर्णय गरेको छ । शनिवार वसेको बैठकले नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिमा ६ जनालाई मनोनित गरेको छ । मोनित हुनेमा नरेन्द्र भण्डारी, छविलामु लामा, रेखा बोहरा, हिराजन शाही, जवेन्द्र शाही र बालकृष्ण दमाई रहेका छन् ।

सोही वैठकले नेपाल विद्यार्थी संघ विस्तारका लागी गाउँपालिकामा नेपाल विद्यार्थी संघका प्रतिनिधि तोकेको छ । जसमा लंक थापा ताँजाकोट, हिक्मत सिंह अदानचुली,जवेन्द्र शाही खार्पुनाथ, सागर सम्सेर शाही सिमकोट र छवि लामु लामा नाम्खा गाउँपालिकामा प्रतिनिधि तोकेको हो । गाउँपालिका भित्र रहेका क्याम्पस तथा उच्च माध्यामिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाइ गठन गर्नको लागी प्रतिनिधि खटाइएको नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिका अध्यक्ष धर्मराज जैसीले बताएका छन् । सोही वैठकले नेपाल विद्यार्थी संघको कार्यालय नेपाली काँग्रेसको पार्टी कार्यालय विपि स्मृती भवनको एउटा कोठामा स्थापना गर्ने निर्णय गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालको नेतृत्वमा मतदान केन्द्रको निरीक्षण
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९