राज शाही शनिबार, चैत्र ११, २०७९ मा प्रकाशित

महिला कृषक समुहलाई ७ दिने लघुउधम विकास सम्बन्धी तालिम प्रधान गरिएको छ । गरिवी निवारणका लागी लघु उद्यम भन्ने मुलनाराका साथ सिमकोट गाउँपालिकाको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीको प्राविधिक सहयोगमा सो तालीम संचालन भएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताएका छन् ।

हुम्ला जिल्लाको निर्वाचन क्षेत्र ख को सिमकोट गाउँपालिका वडा ३ वरगाउँमा संचालन भएको लघु उद्यम सम्बन्धीको ७ दिने व्यवसायीक तरकारी खेती तालिममा तरकारी खेती कसरी गर्ने, कुन समयमा कुन तरकारीको खेती गर्ने, कसरी गर्ने, कस्तो माटोमा गर्ने, नरसरी कसरी बनाउने, व्याट कसरी राख्ने, कति दुरीमा तरकारीका विरुवा लगाउने,वेर्ना कसरी राख्ने, विउ कसरी छनौट गर्ने, उत्पादन गरीएको तरकारीको भण्डार कहाँ र कसरी गर्ने, यसको वजारीकरण कसरी गर्ने भन्ने लगायतका विषय वस्तु माथि सिकाइएको स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीले बताएका छन् ।

२४ जना महिलाको सहभागीता रहेको उक्त तालिममा १८ वर्ष देखि ४० वर्ष सम्मका महिलाको सहभागीता रहेको थियो । तालिमको मुख्य उद्देश्य स्वदेशमै रोजगारी सृर्जना गरी विदेश पलायन हुनबाट रोक्नु रहेको र यो तालिम लिइ सकेपछि नेपाल सरकारले विना धितो, विना व्याज ५ लाख सम्म समुहमा सोही प्रमाण पत्रको आधारमा लगानी गरी स्थानिय स्तरमै आर्थिक उपार्जन गर्नु रहेको सिमकोट गाउँपालिका उपाध्यक्ष शुशिला रोकायाले बताएकी छन् ।

सिमकोट गाउँपालिकाको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्रको समन्वयमा संचालन भएको ७ दिने तालिमको प्रशिक्षकमा रुप्सिह भण्डारी रहेका थिए । शनिवार सिमकोट गाउँपालिका उपाध्यक्ष सुसिला रोकायाको प्रमुख आतिथ्य, स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीको अध्यक्षता र सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाको विशेष आतिथ्यमा संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९