राज शाही शुक्रबार, चैत्र १०, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

अदानचुली गाउँपालिकामा स्थापित विद्यालयका प्रधानाध्यापक सँगै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक भटराइ र शिक्षा सरोकारवालाको बैठक वसेको छ । बैठक सुक्रबार अदानचुली गाउँपालिकाको कार्यालय श्रीनगरमा बसेको हो । हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकामा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भटराइको अध्यक्षतामा वसेको बैठकले ४ वटा निर्णय गरेको छ ।

निर्णयहरुमा विद्यालयमा नियमित पठन पाठन गर्ने, उक्त गाउँपालिकामा स्थापित विद्यालयहरुले आइ इ एम आइ एस अप डेट गर्ने, कक्षा ८ को परिक्षा अनलाइन सिस्टममा गरी ग्रेडिङ प्राणाली अनुसार रिजल्ट सिट तयार गर्ने र चैत १७ गतेबाट संचालन हुने एस इइ परिक्षालाई मर्यादित, अनुशासित र भय रहित बातावरणमा संचालन गर्ने निर्णय गरेको हाम्रा अदानचुली संवाददाता राम वुढाले बताएका छन् ।

४ वटा माध्यामिक विद्यालय, ४ वटा आधारभुत विद्यालय र ११ वटा प्राथामिक विद्यालय रहेको अदानचुली गाउँपालिकामा संचालन भएको बैठकमा उक्त गाउँपालिकाका संचालन भएका १९ वटा सामुदायीक विद्यालयका प्रधानाध्यापक, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पत्रकार र शिक्षामा सरोकार राख्ने व्यक्तीहरुको उपस्थित रहेको संवाददाता वुढाले बताएका छन् ।
शिक्षामा गुणस्तर खस्कदै गएको वेला सो बैठक वसी शिक्षामा नियमित पठन पाठन रिजल्टसिट अनलाइन मार्फत प्रकासित गर्ने गरी भएको निर्णयलाई अदानचुलीका अविभावकले शिक्षामा गुणस्तरियता आउनेमा आशा गरेको वुढाले बताएका छन् । विभिन्न वाहानामा विद्यालय नगइ गाउँपालिका बाहिर रहेका शिक्षकहरुलाई नियमित कक्षा संचालनका लागी पनि सो वैठकले दवाव सृर्जना गरेको बुझिएको छ । रिजल्टसिट अनलाइमा इन्ट्री गरि प्रकासित गर्नुले विद्यालयहरु डिजिटल प्रविधिमा अगाडी बढी रहेको भन्ने वुझिन्छ ।

अदानचुली गाउपालिकाबाट एसइइ दिने विद्यार्थीहरुका लागी सूर्योदय माध्यामिक विद्यालय श्रीनगरलाई परिक्षा केन्द्र तोकीएको छ । आगामी चैत १७ गतेबाट संचालन हुने एस इइ परिक्षामा अदानचुली गाउँपालिकाबाट १ सय ५७ जना परिक्षार्थीले परिक्षा दिने तयारी गरि रहेको संवाददाता वुढाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालको नेतृत्वमा मतदान केन्द्रको निरीक्षण
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९