राज शाही बुधबार, चैत्र ०८, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

मान्धारा निम्न माध्यामिक विद्यालय खर्पेलगाउँमा ग्याविन सहितको वाल लगाइएको छ । उक्त वाल लाप संस्थाको आर्थिक सहयोगमा खार्पुनाथ गाउँपालिका वडा नं ५ को सहजीकरणमा वाल लगाइएको हो । खार्पुनाथ गाउँपालिका वडा नं ५ खर्पेलगाउमा स्थापित मान्धारा निम्न माध्यामिक विद्यालयमा लगाइएको सोही वडाका वडा अध्यक्ष भरतजंग शाहीले बताएका छन् । शाहीका अनुसार करिव १ सय मिटर लामो र करिव ८ फिट अग्लो दोहोरो वाल लगाइएको बताएका छन् ।

मुख्य गरी हुम्ला जिल्ला निर्वाचन क्षेत्र नं ख को खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरतजंग शाहीको पहलमा सो वाल लगाउन सम्भव भएको सोही विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीले बताएका छन् । विद्यालयमा साना इसिडि देखि कक्षा ५ सम्मका विद्यार्थी पठन पाठन गर्ने भएकाले सो वाल नलगाउदा बालबालिका लडेर जान सक्ने जोखिम, वालबालिकाले खेलकुदका कार्यक्रम संचालन गर्दा बलि वल, फुटवल लगायत वलहरु सँगै अन्य खेलकुदका सामाग्रीहरु विद्यालयको प्राङगणबाट १ सय मिटर तल खस्ने गरेकोमा वाल लगाउदा सो समस्या समाधान भएको प्रधानाध्यापक शाहीले वताएका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्य नवराज शाही आफै खटी उक्त विद्यालयको वाल लगाउन सहज भएको र चाँड निर्माण कार्य पनि सम्पन्न भएको अध्यक्ष शाहीले वताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालको नेतृत्वमा मतदान केन्द्रको निरीक्षण
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९