राज शाही मंगलबार, चैत्र ०७, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका यस पटकको माध्यामिक शिक्षा परिक्षा ( एसईई ) मा ३.६ जिपिए भन्दा माथि ल्याउने परिक्षार्थीहरुलाई नगद सहित सम्मान गर्ने भएको छ । परिक्षामा बिधार्थीहरुले राम्रो गरुन भन्ने उद्धेश्यले गाउँपालिकाको कार्यपालिकाबाट निर्णय गराएर सो कार्यक्रम राखिएको हो । सिमकोट गाउँपालिकाका प्रबक्ता नन्द रावतले चैत्र १७ गतेबाट सञ्चालन हुने एसईई परिक्षामा ३.६ जिपिए मार्क ल्याए नगद दश हजार र प्रशंसापत्र प्रदान गरिने जानकारी दिए ।

मंगलबार बसेको कार्यपालिका बैठकले सो निर्णग गरेको हो । परिक्षामा बिधार्थीहरुले राम्रो गरुन भन्ने उद्धेश्यले कार्यपालिकाले निर्णय गरेर सो कार्यक्रम ल्याएको उनले बताए । गाउँपालिकाभित्र ७ वटा सामुदायी विद्यालयहरु रहेको र त्यहाँ अध्ययनरत छात्र छात्राहरुहरु लावान्भित हुनेछन् । सिमकोट गाउँपालिकाका सामुदायीक विद्यालयबाट यस पटकको एसईईमा ५९९ जनाले परिक्षार्थीहरुले एसईईमा सहभागिता जनाउने छन् ।

कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिईने गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताएका छन् ।त्यसै गरी मंगलबार सिमकोट गाउँपालिका कार्यपालिका वैठकले सिमकोट गाउँपालिकाको तेश्रो त्रैमासिक समिक्षा चैत २४ गते र सार्वजनिक सुनुवाइ कार्यक्रम चैत २६ गते सुनुवाइ गर्ने निर्णय गरेको अध्यक्ष भण्डारीले बताएका छन् । त्यसै गरी रलिङ गुम्बाको गूरुयोजना निर्माणको लागी डिपिआर निर्माण गर्ने गरियो । सोही अनुसार सिमकोट गाउँपालिका अन्तरगत वलभद्र प्राथामिक विद्यालयलाई कक्षा ६ सम्म पठन पाठन गर्नको लागी अनुमति दिने सिमकोट गाउँकार्यपालिकाको वैठकले निर्णय गरेको अध्यक्ष भण्डारीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९