राज शाही सोमबार, चैत्र ०६, २०७९ मा प्रकाशित

१९ वटा आधुनिक भेडाबाख्रा खोर सुधार र २३ वटा उन्नतजातका वोका वितरणका लागी सम्झौता गरिएको छ । हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाका ३ वटा वटाले सोका लागी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सिमकोट हुम्लासँग सम्झौता गरिएको स्थानियवासी एमवी थापाले बताएका छन् । थापाका अनुसार उक्त परियोजनाले १९ वटा आधुनिक भेडा बाख्राको खोर सुधार र २३ वटा उन्नत जातका बोका वितरणका लागी सर्केगाड गाउँपालिका वडा नं ५ गोठी, वडा नं ७ रोडीकोट र वडा नं ८ राहदेउमा सम्झौता गरेको बताएका छन् ।
उक्त सम्झौता कृषक, कृषि फम, समुह, व्यक्तीहरु सँग चैत ६ गते सोमबार गरेको हो । सोही परियोजनाका अधिकृत विष्णुबहादुर मगराती लगायत परियोजनाका केन्द्रिय कार्यालयबाट आएका अन्य ५ जना इन्जिनिएरको उपस्थितमा सम्झौता गरिएको छ । जसका लागी परियोजनाले ४७ लाख लगानी गर्ने भएको छ । भेडा बख्रामा सर्केगाड गाउँपालिकालाई आत्म निर्भर बनाइ स्वच्च मासु सहज सुफत मुल्यमा उपलब्ध गराउने उद्देश्य रहनुका साथै कृषक कृषि फर्म समुहलाई भेडा बाख्रा पालनमा रुची बढाइ आयआर्जनमा वृद्धि गर्नु रहेको स्थानियवासी थापाले बताएका छन् ।

सोका लागी २ दिन कृषक कृषि फर्म समुह सँग परियोजनाका कर्मचारीले वृहत छलफल गरेको जानकारी प्राप्त भएको छ । भेडा बाख्रा पालन व्यवसाय लोप हुँदै गएका वेला यस किसिमका प्रोत्साहनका कार्यक्रमले कृषकहरु पशुपालनमा उत्साहीत भइ भेडा बाख्रा पालन प्रतिरुची वढ्ने आशा राखिएको परियोजनाका एक जना कर्मचारीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९