राज शाही सोमबार, चैत्र ०६, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

स्थानिय कला संस्कृतीको जगेडाका लागी पन्चेबाजाका सामाग्री वितरण गरिएको छ । दोश्रो कार्यकालकालागी जनप्रतिनिधि निर्वाचित भए पश्चायत हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ ले निकै महत्वपुर्ण काम कार्य गर्दै आएको छ ।

वडा अध्यक्ष भरतजंग शाही निर्वाचित भए सँगै उक्त वडामा रहेका आर्थिक अवस्था कम्जोर भएका प्रति घरपरिधुरीलाई १७ थान जस्ता पाता उपलब्ध गराइ माटोको छानो मुक्त बनाउने अभियान सुरु गरेका छन् । त्यसै गरी उक्त वडामा रहेका गर्भवति महिला, जेष्ठनागरीक, अपाङ असक्त गरिवको रेखामुनी रहेका जनताको गाउँपालिकामै उपचार हुन नसके जिल्ला अस्पताल रिफर भएमा निजहरुको गाडीभाडा उपलब्ध गराउदै आएका छन् । त्यसै गरी सोही गाउँपालिकाको वडा नं ५ निवासी सम्पुर्ण घरधुरीको विद्युत महसुल तिरिदिने गरेका छन् ।


यसै क्रममा आज चैत ६ गते सोमबार सोही गाउँपालिका वडा नं ५ को याँङचु गाउँका लागी पन्चेबाजा उपलब्ध गराइएको वडा अध्यक्ष शाहीले बताएका छन् । वितरण गरिएका पन्चेबाजाहरुमा टाम्को एक थान, दमाह एक थान, ताल एक थान, सनाइ १ थान र ढोल एक थान रहेको जानकारी प्राप्त भएको छ । खार्पुनाथ गाउँपालिका वडा नं ५ मा एक कार्यक्रमको आयोजना गरी उक्त पन्चेवाजाका लागी आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको अध्यक्ष शाहीले बताएका छन् ।
पन्चेबाजा उक्त गाउँका स्थानियवासीले बिबाह, मत्सब, वर्तवन्द लगाएत गाउँका ठुला चाडपर्वमा सार्वजनिकरुपमा प्रयोग गरिने सोही गाउँका स्थानियवासी भक्तबहादुर शाहीले बताएका छन्।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९