राज शाही सोमबार, चैत्र ०६, २०७९ मा प्रकाशित

स्थानिय कला संस्कृतीको जगेडाका लागी पन्चेबाजाका सामाग्री वितरण गरिएको छ । दोश्रो कार्यकालकालागी जनप्रतिनिधि निर्वाचित भए पश्चायत हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ ले निकै महत्वपुर्ण काम कार्य गर्दै आएको छ ।

वडा अध्यक्ष भरतजंग शाही निर्वाचित भए सँगै उक्त वडामा रहेका आर्थिक अवस्था कम्जोर भएका प्रति घरपरिधुरीलाई १७ थान जस्ता पाता उपलब्ध गराइ माटोको छानो मुक्त बनाउने अभियान सुरु गरेका छन् । त्यसै गरी उक्त वडामा रहेका गर्भवति महिला, जेष्ठनागरीक, अपाङ असक्त गरिवको रेखामुनी रहेका जनताको गाउँपालिकामै उपचार हुन नसके जिल्ला अस्पताल रिफर भएमा निजहरुको गाडीभाडा उपलब्ध गराउदै आएका छन् । त्यसै गरी सोही गाउँपालिकाको वडा नं ५ निवासी सम्पुर्ण घरधुरीको विद्युत महसुल तिरिदिने गरेका छन् ।


यसै क्रममा आज चैत ६ गते सोमबार सोही गाउँपालिका वडा नं ५ को याँङचु गाउँका लागी पन्चेबाजा उपलब्ध गराइएको वडा अध्यक्ष शाहीले बताएका छन् । वितरण गरिएका पन्चेबाजाहरुमा टाम्को एक थान, दमाह एक थान, ताल एक थान, सनाइ १ थान र ढोल एक थान रहेको जानकारी प्राप्त भएको छ । खार्पुनाथ गाउँपालिका वडा नं ५ मा एक कार्यक्रमको आयोजना गरी उक्त पन्चेवाजाका लागी आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको अध्यक्ष शाहीले बताएका छन् ।
पन्चेबाजा उक्त गाउँका स्थानियवासीले बिबाह, मत्सब, वर्तवन्द लगाएत गाउँका ठुला चाडपर्वमा सार्वजनिकरुपमा प्रयोग गरिने सोही गाउँका स्थानियवासी भक्तबहादुर शाहीले बताएका छन्।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९