राज शाही सोमबार, चैत्र ०६, २०७९ मा प्रकाशित

एक जना ३४ वर्षका युवाले लागामाडुमा रहेको रुखमा पासो लगाइ आत्महत्या गरेका छन् । आत्म हत्या गर्नेमा हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं ७ धारापोरी निवासी जयभक्त शाही रहेका छन् । शाहीले चैत ५ गते वेलुका सिमकोट गाउँपालिकाको वडा नं ८ घट्टेखोला लागामाडुमा रहेको पिपलको रुखमा कपासको डोरीले पासो लगाइ झुण्डी आत्महत्या गरेको निजको श्रीमती जम्भरी छत्यालले बताएकी छन् ।

श्रीमानले रुखमा झुण्डी पासो लगाइ आत्म हत्या गरेको जानकारी धारापोरी प्रहरी चौकीलाई जानकारी भए पछी तत्काल जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपक मल्लको कमाण्डमा प्रहरी घटना स्थलमा पुगी मृत्य लाशलाई नियन्त्रणमा लिइ पोष्टमाटमको लागी जिल्ला अस्पताल सिमकोट पुर्याएको प्रहरी नायव उपरिक्षक भिमलाल भटराइलेले बताएका छन् । केकती कारणले निजले आत्म हत्या गरेका हुन सोका बारेमा अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाको श्रोतले बताएको छ । अहिले मृत लाशलाई जिल्ला अस्पतालको लाश घरमा राखिएको जानकारी प्राप्त भएको छ ।

हुम्ला जिल्लामा आत्म हत्याका घटना वढ्दै गएका छन् । आत्म हत्याका घटना के कसरी के कती कारणले घट्छन् यसको चुरो कुरो पत्ता लगाउन सजिलो देखिदैन । हुम्ला जिल्लामा आर्थिक वर्ष ०७९।८० मा मात्रै करि ५ वटा सम्म आत्म हत्याका घटना घटी सकेको अवस्था छ । यस मध्यका १ वटा आत्म हत्या दुरस्सान अर्थात कर्तव्य ज्यानमा १ जनाको नाउँमा मात्र मुद्दा चलेको देखिन्छ । एक जनाले कर्णालीमा हामफाली आत्म हत्या गरेका खार्पुनाथका व्यक्ती करिव ३ महिना पछि लाशको सनाखत गरिएको छ ।

यस्ता आत्म हत्याका घटना न्युनिकरण गर्नका लागी जिल्ला प्रहरी कार्यालय, न्यायीक अर्धन्यायीक निकाय, सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रम मार्फत आत्म हत्या न्युनिकरणका लागी जनचेतना हुम्ला जिल्लामा फैलाइ रहेका छन् । तर पनि यस्ता घटना वढी रहेको पाइन्छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९