Mansarowar Times शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित

 हुम्ला

लकडाउन खुलेको ३० दिनभित्र अदालतमा उपस्थित हुने सेवाग्राहीलाई हदम्यादको सुविधा दिने गरी सर्वोच्च अदालतले फैसला गरेको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहित सर्वोच्चका सबै १९ जना न्यायाधीशको इजलासले गरेको यो एक ऐतिहासिक फैसला हो ।

सर्वोच्चको इतिहासमा सम्भवतः सबै न्यायाधीश उपस्थित भइ गरेको यो पहिलो फैसला हो । यस फैसलासँगै तारेख, पेशी, हदम्याद सम्बन्धी विवाद सल्टिएको छ ।

जस अनुसार सरकारले लकडाउन खुला गरेको ३० दिनभित्र सेवाग्राहीले थाती रहेका मुद्दाका लागि तारेख, पेशीका लागि अदालतमा उपस्थित हुन पाउने व्यवस्था गरिएको छ । अर्थात् लकडाउन खुलेको एक महिनाभित्र अदालत उपस्थित हुने सेवाग्राहीले हदम्यादको सुविधा पाउनेछन् । उनीहरुको रोकिएको वा थाती रहेको मुद्दा प्रक्रिया सुचारु हुनेछ । काठमाडौँ बाहिर प्रदेश र जिल्लाको हकमा पनि यही सुविधा लागु हुनेछ ।

 

सम्बन्धित

ताजा अपडेट
हुम्लाका विकास आयोजनाको अनुगमन तथा निरिक्षण
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९