Mansarowar Times शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

 हुम्ला

लकडाउन खुलेको ३० दिनभित्र अदालतमा उपस्थित हुने सेवाग्राहीलाई हदम्यादको सुविधा दिने गरी सर्वोच्च अदालतले फैसला गरेको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहित सर्वोच्चका सबै १९ जना न्यायाधीशको इजलासले गरेको यो एक ऐतिहासिक फैसला हो ।

सर्वोच्चको इतिहासमा सम्भवतः सबै न्यायाधीश उपस्थित भइ गरेको यो पहिलो फैसला हो । यस फैसलासँगै तारेख, पेशी, हदम्याद सम्बन्धी विवाद सल्टिएको छ ।

जस अनुसार सरकारले लकडाउन खुला गरेको ३० दिनभित्र सेवाग्राहीले थाती रहेका मुद्दाका लागि तारेख, पेशीका लागि अदालतमा उपस्थित हुन पाउने व्यवस्था गरिएको छ । अर्थात् लकडाउन खुलेको एक महिनाभित्र अदालत उपस्थित हुने सेवाग्राहीले हदम्यादको सुविधा पाउनेछन् । उनीहरुको रोकिएको वा थाती रहेको मुद्दा प्रक्रिया सुचारु हुनेछ । काठमाडौँ बाहिर प्रदेश र जिल्लाको हकमा पनि यही सुविधा लागु हुनेछ ।

 

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९