राज शाही शनिबार, चैत्र ०४, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

सडक कालोपत्र गर्नका लागी विश्व बैङकको प्रस्तावको विषयमा हुम्ला जिल्ला अदानचुली पालिकाका जनप्रतीनिधी,प्राविधिकहरु र स्थानीयहरुको उपस्थीतीमा पहिलो पटक कालागाणमा छलफल भएको छ । विश्व बैङक मार्फत १४ किलो मिटर कालोपत्र र २ सय मिटर सडक निर्माण गर्ने भएको छ । १८ महिना भित्र निर्माण सडक कालोपत्रे गर्ने र अन्य कार्यहरुमा पनि सहजीकरण गर्ने बिश्व बैकले लक्ष्य लिएको विश्व बैकका ईन्जीनियर भुवनेस त्रीपाठीले बताए ।

उनले भने, घरजग्गा गएरको विषयमा विवाद उब्जे बैङकले हात नहाल्ने पुर्व जानकारी गर्दै नाली सहित ८ मिटर चौडाईको तयारीका लागी सडक तल माथिका घर टहरा उठाउन पालिकाले आफै जिम्बेवार हुनु पर्ने बताए । सुरुको फेज मार्फत सडक निर्माण गरेर पालिका जोड्ने त्यस पछि वडासगै शिक्षा, स्वास्थ्य,कोल्ड स्टोर,खेतियोज्ञ र वजारीकरण सम्मको काम गर्दै १५ वर्षे कार्यक्रम रहेको स्पस्ट पारे । सडकको सर्वे गर्न ७ गते प्राविधीकको टोली अदानचुली पुग्ने छ भने जुनमा टेण्डर आह्वान हुने छ र स्थानीयले ज्यामीका रुपमा काम गर्न पाउने छन् ।
हुम्ला अदानचुली गाउँपालिकाको गल्फागाड देखि कालागाड सडक निर्माणसँगै कालोपत्रे गर्ने विश्व बैङकको प्रस्ताव रहेको छ । सडक निर्माणका लागी विश्व बैङकका ईन्जीनियर र पालिका अध्यक्ष सहितको टाली मार्फत भुगोल अनुगमन भएको छ ।

यो कार्यक्रम कर्णाली,सुदुर र मधेस प्रदेसमा मात्र लागु भएको छ । विश्व बैकले ८ मिटर चौडाई सडक निर्माण गर्ने जनाएको छ तर यती बेला नै सडकको तलमाथि लाखौँको रकम खर्चेर घर बनाईएका छन । तत्काल घरहरु हटाउन पालिकाले यस विषयमा समन्वय बढाउने छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९