राज शाही बिहिबार, चैत्र ०२, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लाको विकासले फड्को मार्दै गएको छ । जिल्ला सदरमुकाम सिमकोट बजार ढलान कार्य हाल भइरहेको छ । यस अघि विजय होटलबाट एर्पोट चोक सम्म ढलान भएको थियो भने यति वेला काली चोकबाट एर्पोट चोक सम्मको ढालन कार्य सुरु गरिएको निर्माण कम्पनीका ठेकेदार पालु रावतले बताएका छन् ।

बानिया निर्माण कम्पनीबाट ढालन कार्य भइ रहेको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट वजारको ढलान कार्य यही रफ्तारमा गयो भने नयाँ वर्ष २०८० को पहिलो महिनामै सिमकोट बजार पुरै ढलान हुने देखिएको छ । ढलान कार्य सिमकोट बजारको काठे चुलीबाट एर्पोट चोक सम्म गरिने भएको रावतले बताएका छन् । यस अघि काठेचुलीबाट एर्पोट चोक सम्म ढुङ्गा विछाउने कार्य सम्मपन्न भएको छ ।

सिमकोट बजारको रोड प्राविधिकले ७ मिटर चौडा स्टामेट गर्दा कालीचोक देखि तल र बालमन्दिर देखि माथिका केही घर फाल्नु पर्ने भए पनि घरधनीले हाल सम्म नभत्काएको र प्रत्यक्ष सरोकार राख्ने गाउँपालिकाले घर भत्काउनका लागी पहल नगरेकाले ढलान गर्न केही बाधा अड्चन हुन सक्ने वानिया निर्माण कम्पनीका जिल्ला प्रतिनिधि पालु रावतले बताएका छन् । निर्माण स्थल सिमकोट बजारको काली चोक देखि एर्पोट चोक सम्म बालुवा र गिटी निर्माण स्थलमा जम्मा भइ सकेका छन् । यति वेला एर्पोट चोक देखि काली चोक सम्म सवारी साधन आवतजावत सँगै बाटो हिड्ने वटुवालाई समस्या देखिएको छ ।

सघन सहरी विकास जुम्लाको आर्थिक सहयोगमा निर्माण कम्पनीबाट ढलान कार्य भइ रहेको उक्त सडक मौसमले साथ दिएमा छिटो भन्दा छिटो ढलान गरी सरोकारवाला निकायललाई बुझाउने जिल्ला प्रतिनिधि रावतले बताएका छन् । चाँडो ढलानका लागी सघन सहरी विकास कार्यालयले ताकेता गरेकाले सडकमा पर्न गएका घरहरु भत्काउन गाउँपालिकाले पहल गरी सडक ढलानका लागी सहयोग गरि दिन सरोकारवाला निकायलाई रावतले अनुरोध गरेका छन् ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९