राज शाही मंगलबार, फाल्गुण ३०, २०७९ मा प्रकाशित

१७ रोपनी जग्गा क्याम्पसको नाउमा सहसुल्कमा उपलब्ध गराइएको छ । हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको हिमज्योती बहुमुखी क्याम्पसलाई सहसुल्कमा प्राप्त भएको सोही क्याम्पस प्रमुख नेत्रलाल हमालले बताएका छन् । सर्केगाड गाउँपालिका वडा नं ४ निवासी सिधन वुढाले उक्त क्याम्पसका नाउँमा १७ रोपनी बराबरको जग्गा सहसुल्कमा उपलब्ध गराएको प्रमुख हमालले बताएका छन् ।

बुढाका नाउँमा रहेको सर्केगाड गाउँपालिका वडा नं ४ को जग्गा सोमबार हिमज्योती बहुमुखी क्याम्पसको नाममा रजिष्ट्रेसन गरेको बताएका छन् । यस अघि हिमज्योती माध्यामिक विद्यालयको एक कुनामा क्याम्पसको नाममा जग्गा खरिद गरी २ कोठामा क्याम्पस संचालन गरिदै आएकोमा अव उक्त जग्गा प्राप्त भए संगै उक्त जग्गामा क्याम्सका सुविधा सम्पन्न भौतिक संरचना निर्माण हुनुका साथै अपाङ्ग, लैंङगीक मैत्री सौचालय निर्माण हुने क्याम्पस प्रमुख हमालले यसरी बताएका छन् ।

२ सय ५० भन्दा वढी विद्यार्थी रहेको उक्त क्याम्पसमा हाल मानविकी लगायतका संकायमा पठन पाठन हुने गरेको छ । हिमज्योती बहुमुखी क्याम्पस हुम्ला जिल्ला निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिका वडा नं ४ मा पर्दछ । उक्त क्याम्पसमा विशेष गरी हुम्ला जिल्लाका चंखेली सर्केगाड गाउपालिकाका विद्यार्थी वढी अध्यन्नरत रहेका छन् । सर्केगाड गाउँपालिका वडा नं ४ का सिधन वुढाले पास गरेको जग्गाको कित्ता नं २५१ क्षेत्रफल ८९८० रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९