राज शाही मंगलबार, फाल्गुण ३०, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

खार्पुनाथ गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत २० गतेबाट सञ्चालन गर्ने भएको छ । गाउँपालिका भित्रका ५ वटै माध्यामिक विद्यालयका प्रधानाध्याकसँगको छलफल र गाउँ शिक्षा समितिको निर्णयबाट सो प्रतियोगिताको मिति तय गरिएको हो।

प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनौट गर्न गाउँपालिका स्तरीय माध्यामिक विद्यालयको प्रतियोगिताको मिति तय गरिएको बताए। उनले प्रतियोगिता चैत २० गतेबाट हुने र यसका लागि गाउँपालिकाभित्रका ५ वटै माध्यामिक विद्यालय सिता माध्यामिक विद्यालय,मान्धारा माध्यामिक विद्यालय, हुम्ला माध्यामिक विद्यालय, संकर माध्यामिक विद्यालय र मालिका माध्यामिक विद्यालयको सहभागिता रहने संकर माध्यामिक विद्यालयका प्रधानाध्यापक वृर्षबहादुर छत्यालले बताएका छन ।यसका लागि संकर माध्यामिक विद्यालयले प्रतियोगिता आयोजना गर्नेछ।

गाउँपालिकाले प्रतियोगिता आयोजना गर्ने संकर माध्यामिक विद्यालयलाई खेल सञ्चालन गर्न साढे २ लाख बजेट उपलब्ध जानकारी प्राप्त भएको छ । एथलेष्टिकका १७ विद्या र भलिवल खेलमा प्रतिसप्रधा हुने छ । जिल्लाका सात वटा मध्ये खार्पुनाथ गाउँपालिका प्रतियोगिताको मिति तय गर्ने पहिलो भएको छ। अन्य गाउँपालिका मध्य सिमकोट गाउँपालिकाले बैशाख २ गते गाउपालिका स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता संचालन गर्ने मिति तोकेको छ । अन्य गाउँपालिकाले गाउँपालिका स्तरिय राष्टप्रति रनिसिल्ड प्रतियोगिताको मिति तय गर्न सकेका छैनन्। वैशाखमै जिल्लास्तरीय सो प्रतियोगिता हुनेछ।

सम्बन्धित

ताजा अपडेट
नेत्र ज्योती संघ हुम्लाद्धारा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई सम्मान
चालु आर्थिक वर्षको ७ महिनामा १ लाख ६८ हजार राजश्व असुली
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा अनुगमन तथा निरिक्षण

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९