राज शाही शनिबार, फाल्गुण २७, २०७९ मा प्रकाशित

२ जना निम्न आयश्रोत भएका विद्यार्थीलाई विद्यालय पोषाख वितरण गरिएको छ । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा न ५ का वडा अध्यक्ष भरतजंग शाहीको पहलमा मान्धारा आधारभुत विद्यालय खर्पेलगाउँ र मान्धारा माध्यामिक विद्यालय भकुन्टाका १।१ जना विद्यार्थीलाइ उक्त पोषाख वितरण गरिएको हो ।
विद्यालय पोषाख पाउने विद्यार्थीहरुमा मान्धारा आधारभुत विद्यालयका विद्यार्थी पवन शाही रहेका छन् भने मान्धारा माध्यामिक विद्यालयका नवराज नेपाली रहेका छन् । पवन शाही कक्षा ५ मा अध्यनरत छन् भने नवराज नेपाली कक्षा ७ मा अध्यनरत रहेका छन् । दुवै जना विद्यार्थीलाई २ थान टोपी, २ थान झोला, २ थान ट्याक्सुट, २ थान स्वीटर र २ थान जुता उपलब्ध गराइएको सोही वडाका वडा अध्यक्ष शाहीले बताएका छन् ।

अध्यक्ष शाहीका अनुसार सामाजिक विकास कार्यालयको वार्षिक कार्यक्रम अन्तरगत खार्पुनाथ गाउँपालिकका प्रत्येक वडाका २।२ जना बालबालिकालाई उक्त पोषाख हस्तान्त्रण गर्ने कार्यक्रम भए अनुसार सोही गाउँपालिकका १० जना विद्यार्थीलाई उक्त सामाग्री वितरण गरिएको बताएका छन् । वितरण सुक्रबार एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९