राज शाही शुक्रबार, फाल्गुण २६, २०७९ मा प्रकाशित

अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति गठन गरिएको छ । नेकपा एमालको भातृ संगठन अखिल नेपाल किसान महासंघको जिल्ला कार्यसमितिको अध्यक्षमा खार्पुनाथ गाउँपालिका वडा नं ५ का केन्द्र राज शाही निर्विरोध निर्वाचित भएका छन् ।

शाही लामो समय देखि नेकपा एमालेको भातृ संगठनको विभिन्न पदमा रही काम कार्य गर्दै आएका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य लंकबहादुर शाहीको प्रमुख आतिथ्य र आयोजक समितिका अध्यक्ष केन्द्र राज शाहीकै अध्यक्षतामा संचालन भएको वृहत बैठकले निज शाहीलाई निर्विरोध निर्वाचित गरेको हो । शाहीको अध्यक्षतामा ३५ सदसिय जिल्ला कार्यसमिति चयन गरिएको छ ।

अखिल नेपाल किसान महासंघको पाँचौ जिल्ला अधिवेसनले केन्द्र राज शाही अध्यक्ष, पदम बोकटी उपाध्यक्ष, हेमन्त बोहरा सचिव, सरिता रोकाया कोषाध्यक्ष, मुटुप लामा उपसचिव र विष्णु रावत उपसचिव रहने गरी नेपाल किसान महासंघ जिल्ला कार्यसमिति गठन गरिएको नेकपा एमालेका जिल्ला कार्यसमितिका खेलकुत विभाग प्रमुख छक्क रोकायाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९