गोर्ख रोकाया बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

दुई महिनाभन्दा बढी समय बन्दाबन्दीले काठमाडौं र नेपालगंजमा अलपत्र परेका २७१ जना दक्षिणी बिधार्थीहरुलार्ई उद्धार गरि हुम्ला ल्याउन सुरु गरिएको छ । काठमाडौंबाट उद्धार गरिएका हुम्ली बोकेर सात वटा गाडी छुटेको र ती गाडीले नेपालगंजबाट अलपत्र नागरिकलाई बोकेर सुर्खेत, दैलेख, कालिकोट, जुम्ला हुदै मुगुसम्म पुर्याउने ब्यबस्था गरिएको हो ।

उद्धार गरिएका नागरिक अधिकाँस बिधार्थी रहेको बताउदै उद्धार कार्यमा खटिएका सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ निबासी धनराज शाहीले बिधार्थीहरुलाई बन्दाबन्दीको पिडामा रहेको कारण हुम्ला जिल्लाबाट प्रतिनित्वि गर्नु हुने संघीय संसद रंगमति शाही र छक्कबहादुर लामाको पहलमा उद्धार कार्य गरिएको बताएका छन्। काठमाडौंमा रहेका धेरै बिधार्थीहरुसगं घरखर्च समेत नभएको बेला उद्धार गरिएको हो ।

विहिर दिनको १२ वजे बिधार्थी बोकेका गाडीहरु कालिकोट पुगेका छन् । यसमा चंखेली गाउँपालिकाका ३३ जना,  सर्केगार्ड गाउँपालिका २२४ जना , अदानचुलीका ३ जना र खार्पुनाथ गाउँपालिका ११ जना बिधार्थीहरु र केही अन्य नागरिक रहनु भएको छ । हुम्ला उद्धार गरिएका नागरिकहरु बोक्ने गाडीका लागि गृहमन्त्रालयले सासदको पहलमा पास उपलब्ध गराएको थियो ।

गाडी भाडा भने उद्धार गरिएका नागरिक आफैले तिर्नु परेको छ् । स्थानीय सरकारले नागरिकको यो पिडालाई सुनुवाई गर्न नसकेको सहयोगी शाहीले बताएका छन् । काठमाडौ र नेपालगंजबाट उद्धार गरिएका नागरिकहरु मुगु पुग्न अझै एक दिन लाग्ने र त्यसपछि चंखेली र सर्केगार्ड गाउँपालिका पुग्न एक देखि दुई दिन लाग्ने गाडीमै रहेका सर्केगार्ड गाउँपालिका वडा नम्बर ७ का प्रकाश हमालले बताएका छन ।

उद्धार गरिएका नागरिकहरुलाई चार सय बोटल पानी र चार सय थान माक्स काँग्रेस हुम्लाका सभापति जयपति रोकाया र सेनिटाईजर हुम्ला जिल्लाका सांसद रंगमति शाहीले सहयोग गरेका थिए । सर्केगार्ड गाउँपालिका वडा नम्बर ७ का स्थानीय महेन्द्र हमालले पाँच हजार बाटोमा खाजाका लागि सहयोग गरेका छन ।  जिल्लामा पुगेपछि सबै नागरिकलाई सम्बन्धित गाउँपालिका र वडाले क्वारेन्टिनमा राख्ने ब्यबस्था गरिने छ  ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९