राज शाही बिहिबार, फाल्गुण २५, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागी मोबाइल स्वास्थ्य कार्यक्रम संचालन भएको छ । कार्यक्रम हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका भित्रका स्वास्थ्यकर्मीका लागी प्रशिक्षक प्रशिक्षण कार्यक्रम विहिवारबाट सुरु भएको छ। फागुन २५ गतेबाट सुरु भइ फागुन २७ गते सम्म संचालन हुने खार्पुनाथ गाउँपालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् ।

कार्यक्रमले संस्थागत सुत्केरी बढाइ आमा तथा नबजात सिसुको जिवन रक्षा हुने अपेक्षा गरीएको संयोजक शाहीले बताएका छन् । मोबाइल स्वास्थ्य कार्यक्रमको प्रविधि भित्र्याउनेमा कर्णाली प्रदेशमा खार्पुनाथ गाउँपालिका दोश्रो र हुम्ला जिल्लाका ७ वटा गाउँपालिकामा पहिलो भएको छ ।


विगत ३ वर्ष देखि खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलको पहल र खार्पुनाथ स्वास्थ्य शाखाको प्रयासमा उक्त प्रविधि भित्राउन सफल भएको सोही गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाहीले बताएका छन् ।

प्रशिक्षक प्रसिक्षण कार्यक्रम पस्चात प्रतेक महिला स्वास्थ्य स्वयम्सेबिकाको हातमा कार्यक्रम सहित मोबाइल फोन हुने छ । अब बिस्तारै डिजिटलाईजको दोस्रो चरण खार्पुको स्वास्थ्यमा लागु भै सकेको छ भने अर्को चरणको ब्यग्र उपलब्धिमुलक तयारी गरिरहेको संयोजक वलिराज शाहीले बताएका छन् । खार्पुनाथ गाउँपालिकाले अपेक्षा गरेको लक्ष्यमा थप उपलब्धि मिल्ने संयोजक शाहीले बताएका छन् ।

कार्यक्रमलाई खार्पुनाथ गाउँपालिका भित्राउन सहयोग गर्ने डाक्टर निरज नकर्मि, मेडिकले अफिसर सर पवन बर्नवाल, भिसन केसिलाई खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाले धन्यवाद समेत ज्ञापन गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
नेत्र ज्योती संघ हुम्लाद्धारा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई सम्मान
चालु आर्थिक वर्षको ७ महिनामा १ लाख ६८ हजार राजश्व असुली
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा अनुगमन तथा निरिक्षण

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९