राज शाही बिहिबार, फाल्गुण २५, २०७९ मा प्रकाशित

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ द्धारा स्याउ तथा ओखरका बोट वितरण गरिएको छ । उक्त परियोजना कार्यान्वयन एकाइले जुम्लाबाट खरिद गरि ल्याएका स्याउ सिमकोट, नाम्खा र सर्केगाड गाउँपालिकाका कृषक, फर्म, सहकारी र समुहलाई वितरण गरेको हो ।

परियोजना कार्यान्वयन एकाइले सर्केगाड गाउँपालिका वडा नं ५,७ र ८ बाख्रा पकेट क्षेत्र छनौट गरी बाख्रा वितरण कार्यक्रम गर्ने र नाम्खा गाउँपालिका वडा नं १, र सिमकोट गाउँपालिका वडा नं १ देखि ७ नं वडा सम्म स्याउ तथा ओखर पकेट क्षेत्र छनौट भएको सोही कार्यालयका प्रमुख विष्णुबहादुर मग्रातीले बताएका छन् ।

४ वर्ष अघि स्थापना भएको परियोजना एकाइले हुम्ला जिल्लामा लागु भएका स्याउ पकेट क्षेत्रको लागी ३० हेक्टर र ओखर क्षेत्र विस्तारका लागी १० हेक्टर जमिनमा लगाउने कार्य गरिने भएको छ ।
सो परियोजना एकाइले स्याउका ६ हजार १ सय ५५ र ओखरका ६ सय ७० वटा वोट वितरण गरिएको प्रमुख मग्रान्तीले बताएका छन् । जुम्लामा खरिद गरिएका स्याउ तथा ओखरका वोट पैदल मार्गबाट हुम्ला जिल्लाको सदरमुकाम सिमकोट पुग्न ५ दिन लागेको थियो । स्याउ तथा ओखरका वोट गाडी, ट्याक्टर र खच्चरमा सिमकोट आइ पुगेका हुन ।
स्याउका वोट ७० रुपैंया र ओखरका वोट ६ सय भन्दा वढी मुल्यमा सिमकोट आइ पुगेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९