राज शाही बिहिबार, फाल्गुण २५, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ द्धारा स्याउ तथा ओखरका बोट वितरण गरिएको छ । उक्त परियोजना कार्यान्वयन एकाइले जुम्लाबाट खरिद गरि ल्याएका स्याउ सिमकोट, नाम्खा र सर्केगाड गाउँपालिकाका कृषक, फर्म, सहकारी र समुहलाई वितरण गरेको हो ।

परियोजना कार्यान्वयन एकाइले सर्केगाड गाउँपालिका वडा नं ५,७ र ८ बाख्रा पकेट क्षेत्र छनौट गरी बाख्रा वितरण कार्यक्रम गर्ने र नाम्खा गाउँपालिका वडा नं १, र सिमकोट गाउँपालिका वडा नं १ देखि ७ नं वडा सम्म स्याउ तथा ओखर पकेट क्षेत्र छनौट भएको सोही कार्यालयका प्रमुख विष्णुबहादुर मग्रातीले बताएका छन् ।

४ वर्ष अघि स्थापना भएको परियोजना एकाइले हुम्ला जिल्लामा लागु भएका स्याउ पकेट क्षेत्रको लागी ३० हेक्टर र ओखर क्षेत्र विस्तारका लागी १० हेक्टर जमिनमा लगाउने कार्य गरिने भएको छ ।
सो परियोजना एकाइले स्याउका ६ हजार १ सय ५५ र ओखरका ६ सय ७० वटा वोट वितरण गरिएको प्रमुख मग्रान्तीले बताएका छन् । जुम्लामा खरिद गरिएका स्याउ तथा ओखरका वोट पैदल मार्गबाट हुम्ला जिल्लाको सदरमुकाम सिमकोट पुग्न ५ दिन लागेको थियो । स्याउ तथा ओखरका वोट गाडी, ट्याक्टर र खच्चरमा सिमकोट आइ पुगेका हुन ।
स्याउका वोट ७० रुपैंया र ओखरका वोट ६ सय भन्दा वढी मुल्यमा सिमकोट आइ पुगेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९