राज शाही मंगलबार, फाल्गुण २३, २०७९ मा प्रकाशित

मोटर साइल र बलेरो जिप ठोकिदा एक जना सक्त घाइते भएका छन् । घाइते हुनेमा अदानचुली गाउँपालिका वडा नं ५ निवासी वर्ष ३० का नरेन्द्र शाही रहेका छन् । घाइते शाहीको अहिले अदानचुली गाउँपालिकामा रहेको श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइ रहेको हाम्रा स्थानिय संवाददाता राम वुढाले बताएका छन् ।

विहान करिव १० वजेको समयमा अदानचुली गाउँपालिकामा रहेको कालागाडबाट श्रीनगर आउदै गरेको जिप र अदानचुली गाउँपालिका वडा नं ६ वटा कालागाड तिर जाँदै गरेको मोटर साइकल सोही गाउँपालिकाको शेर भन्ने ठाउँमा ठोकीएको जानकारी प्राप्त भएको छ । घाइते शाही अदानचुली गाउँपालिका करकाइ निवासी हुन । उनको खुट्टा हात र टाउकोमा चोट लागेको भन्ने जानकारी प्राप्त भएको छ । वलोरो जिप अदानचुली गाउँपालिका वडा नं २ का वडा अध्यक्ष नन्द महताराको भन्ने बुझिएको छ ।

श्रीनगर प्रहरी चौकी सम्बन्धित घटना स्थलमा पुगी वलेरो जिपलाई नियन्त्रणमा लिएको भन्ने जानकारी प्राप्त भएको छ । घाइते अहिले होसमा आएको हाम्रा स्थानिय संवाददाता वुढाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९