राज शाही आइतबार, फाल्गुण २१, २०७९ मा प्रकाशित

फागुन १६ गते देखि वेपता भएका एक जना बालकलाई प्रहरीले फेला पारेको छ । फेला पारेको बालकलाई आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरिक्षक भिमलाल भटराइले बताएका छन् । खार्पुनाथ गाउँपालिका वडा नं १ लाली गाउँ निवासी वर्ष १३ का बालक कविन्द्र दमाइ गत फागुन १६ गते देखि हराएका थिए ।

निज वालकलाई अस्थाइ प्रहरी पोष्ट तुम्चले फागुन १९ गते फेला पारी आफन्त काका दल बहादुर दमाइ र फुपु सरिता दमाइको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाको श्रोतले बताएको छ । घरमा आर्थिक अवस्थाको कमजोरी संगै आमा बुबा नभएकाले भौतारिएको हुन सक्ने जनाइएको छ ।

निज बालक हराएको भन्ने जानकारी जिल्ला प्रहरी कार्यालयमा प्राप्त भए सँगै नेपाल प्रहरी परिचालन गरी फागुन हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं १ तुम्चमा फेला परे सँगै आफन्तलाई फागुन २१ गते हुम्ला जिल्ला प्रहरी कार्यालय हुम्लाले जिम्मा लगाइएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९