राज शाही बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

गैर सरकारी संस्थाले निर्माण गरेका योजनाहरुको अनुगमन गरिएको छ । अनुगमन खार्पुनाथ गाउँ पालिका वडा नं ५ मा ग्रामिण जलश्रोत  परियोजनाको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्रको प्राविधिक सहयोगमा संचालन भइ सम्पन्न भएका खानेपानी तथा सरसफाइका योजनाहरुको विहिबार अनुगमन गरिएको हो ।

खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावल, उपध्यक्ष रुपा शाही, प्रमुख प्रमुख प्रशासकिय अधिकृत चन्द्रविर शाही, वडा अध्यक्ष भिमराज शाही र ग्रामिण जलश्रोत परियोजनाका जिल्ला सल्लाहकार विरेन्द्र थापाको नेतृत्वको टोलीले अनुगमन संगै सम्पन्न भएका योजनाहरुको उत्घाटन गरिएको जलश्रोत प्राविधिक नवराज शाहीले बताएका छन् ।

अनुगमन गरिएका योजनाहरुमा खार्पुनाथ गाउँ पालिका वडा नं ५ को ताक्लामा संचालन भएको खानेपानी तथा सरसफाइ योजना र नाइबाडा खर्पेलगाउँ खानेपानी योजना रहेका छन् । जसको आर्थिक सहयोग ग्रामिण जलश्रोतको र प्राविधिक सहयोग स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिको रहेको थियो ।

ताक्ला खानेपानी तथा सरसफाइको लागी ग्रामिण जलश्रोत तथा स्थानियवासीको श्रमदान गरी ४६ लाख र नाइवाडा खर्पेलगाउँ खानेपानीको लागी श्रमदान र नगद गरि ७७ लाखको लागतमा योजनाहरु संचालन गरि सम्पन्न भएको प्राविधिक शाहीले बताएका छन् ।

खानेपानी योजनाहरु संचालन भइ घर घरमा पानी पुग्दा आधा घण्टा देखि एक १ घण्टाको दुरीमा रहेको खोलाको दुसित पानी पिउनु पर्ने स्थानियवासीको समस्या समाधान भएको स्थानियवासी रुपा शाहीले बताएकी छन् । शाहीका अनुसार उक्त धाराहरु वालमत्री, लैङगी मैत्री भएको र महिला पुरुष सवैले सरसफाइ नुहाउन लुगा धुन पानी पिउन समेत सहज भएको बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९