राज शाही बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित

हुम्ला

गैर सरकारी संस्थाले निर्माण गरेका योजनाहरुको अनुगमन गरिएको छ । अनुगमन खार्पुनाथ गाउँ पालिका वडा नं ५ मा ग्रामिण जलश्रोत  परियोजनाको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्रको प्राविधिक सहयोगमा संचालन भइ सम्पन्न भएका खानेपानी तथा सरसफाइका योजनाहरुको विहिबार अनुगमन गरिएको हो ।

खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावल, उपध्यक्ष रुपा शाही, प्रमुख प्रमुख प्रशासकिय अधिकृत चन्द्रविर शाही, वडा अध्यक्ष भिमराज शाही र ग्रामिण जलश्रोत परियोजनाका जिल्ला सल्लाहकार विरेन्द्र थापाको नेतृत्वको टोलीले अनुगमन संगै सम्पन्न भएका योजनाहरुको उत्घाटन गरिएको जलश्रोत प्राविधिक नवराज शाहीले बताएका छन् ।

अनुगमन गरिएका योजनाहरुमा खार्पुनाथ गाउँ पालिका वडा नं ५ को ताक्लामा संचालन भएको खानेपानी तथा सरसफाइ योजना र नाइबाडा खर्पेलगाउँ खानेपानी योजना रहेका छन् । जसको आर्थिक सहयोग ग्रामिण जलश्रोतको र प्राविधिक सहयोग स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिको रहेको थियो ।

ताक्ला खानेपानी तथा सरसफाइको लागी ग्रामिण जलश्रोत तथा स्थानियवासीको श्रमदान गरी ४६ लाख र नाइवाडा खर्पेलगाउँ खानेपानीको लागी श्रमदान र नगद गरि ७७ लाखको लागतमा योजनाहरु संचालन गरि सम्पन्न भएको प्राविधिक शाहीले बताएका छन् ।

खानेपानी योजनाहरु संचालन भइ घर घरमा पानी पुग्दा आधा घण्टा देखि एक १ घण्टाको दुरीमा रहेको खोलाको दुसित पानी पिउनु पर्ने स्थानियवासीको समस्या समाधान भएको स्थानियवासी रुपा शाहीले बताएकी छन् । शाहीका अनुसार उक्त धाराहरु वालमत्री, लैङगी मैत्री भएको र महिला पुरुष सवैले सरसफाइ नुहाउन लुगा धुन पानी पिउन समेत सहज भएको बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका विकास आयोजनाको अनुगमन तथा निरिक्षण
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९